Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आजदेखि तीज मेला सुरु


६, भदौ २०८०
  • 141
    SHARES
  • आजदेखि तीज मेला सुरु

    काठमाडौँ । ‘युनाइटेड वर्ल्ड ट्रेड सेन्टर’मा आउँदो तीजलाई लक्षित गर्दै आजबाट तीज मेला सुरु भएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्लामा ‘डिइसिसी’ले विशेषगरी महिला उद्यमी तथा व्यवसायीको व्यवसाय विस्तार एवं प्रवर्द्धन गर्ने उद्देश्यले आज तीज मेलाको उद्घाटन गरेको हो । 

    आजदेखि यही १० गतेसम्म सञ्चालन हुनेगरी पाँच दिन चल्ने उक्त मेलामा एक सयभन्दा बढी स्टल रहेका छन् । तीजका लागि आवश्यक पर्ने सम्पूर्ण सामान र विशेषगरी महिलालाई दैनिक प्रयोगका सामान सस्तो मूल्यमा एकै स्थानमा किनमेल गर्नका लागि मेलाको आयोजना गरिएको डिइसिसीका प्रबन्ध निर्देशक मनोज गुरुङले जानकारी दिनुभयो । 

    उक्त मेलामा सबै स्टल बुकिङ भइसकेका छन् । गैरनाफामूलक संस्थालाई मेलामा निःशुल्क स्टलको व्यवस्था गरिएको र त्यस्ता संस्था सम्पर्कमा आए स्टल थप गरेर उपलब्ध गराइने निर्देशक गुरुङले जानकारी दिनुभयो । 

    डिइसिसीका प्रबन्धक निर्देशक मनोज गुरुङका माता तारादेवी गुरुङले उक्त मेलाको उद्घाटन गर्दै विगत १३ वर्षदेखि आयोजना हुँदै आएको मेलाको चौधौँ संस्करण आयोजना गर्न गइरहेको जानकारी दिनुभयो । 

    कार्यक्रममा माता गुरुङले उद्यमशीलताले मुलुकलाई समृद्धिको मार्गतिर लैजाने बताउनुभयो । महिला उद्यमीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न, एकअर्काको सीप दक्षता आदानप्रदानमा समेत मेलाले टेवा पुर्याउनेमा उहाँको भनाइ छ । 

    मेलामा नेपालका साथै छिमेकी मुलुकका प्रदर्शक तथा बिक्रेताको सहभागिता रहने मेलामा लत्ताकपडा, कस्मेटिक, चुरापोते, गरगहना, विभिन्न परिकार लगायतका अन्य सामग्री बजार मूल्यभन्दा सस्तोमा एकै छानामुनी खरिद गर्न सकिनेछ । 

    कोकाकोला, वुका, सन डाउन बाइ कर्मा, स्याङ्को, एक्स्प्रेस थकाली, शिवशक्ति फेशन, भेस्पर वाइन लगायतका ब्राण्डको सहयोग रहेको मेलामा उल्लेखित ब्राण्डकातर्फबाट मेला अवलोकनकर्तालाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ । डे टु डे डोर पुरस्कारको व्यवस्था गरिएको मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म मेला सञ्चालन हुनेछ । फुड भौचर तथा डिस्काउन्ट भौचर उपलब्ध गराइने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend