Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

डा. उप्रेतीलाई प्रसिद्ध विकास लेखन पुरस्कार


१२, भदौ २०८०
  • 301
    SHARES
  • डा. उप्रेतीलाई प्रसिद्ध विकास लेखन पुरस्कार

    काठमाडौँ । नेपाल सहभागिमूलक कार्य समूह (नेपान) बाट हरेक वर्ष प्रदान गरिने ‘प्रसिद्ध कणेल स्मृति विकास लेखन राष्ट्रिय पुरस्कार’ २०८० विकास अभियन्ता तथा लेखिका डा.अरुणा उप्रेतीलाई प्रदान गरिने भएको छ ।  महिला अधिकारका सवाल तथा पोषणसम्बन्धी बहुआयामिक विषयमा लामो समयदेखि कलम चलाई विभिन्न पुस्तकसमेत प्रकाशन गर्नुभएकी  उहाँले नेपाली रैथाने खानाको प्रर्वधन गरी पत्रु खाना नियन्त्रण गर्नुपर्नेमा समेत नागरिक चेतना जगाउँदै आउनुभएको छ । 

    भदौ २३ गते काठमाडौँमा हुने नेपानको २९औँ वार्षिक साधारणसभाको अवसरमा  उहाँलाई उक्त पुरस्कार अर्पण गरिने अध्यक्ष डा.अनोज क्षेत्रीले बताउनुभयो  । उक्त पुरस्कारको राशि रु दस हजार  र सम्मानपत्र रहेको छ । 

    वि.सं २०७४ असोज २४ गते अमेरिकामा स्नातक तहमा अध्ययन गर्दै गरेका आफ्ना सुपुत्र प्रसिद्धको असामयिक निधन भएपछि उनको स्मृतिमा बाबा–आमा चेतनाथ कणेल तथा सीता भण्डारी कणेलले २०७४ चैत महिनामा नेपानमा एक लाख रुपैयाँको अक्षयकोष राख्नुभएको र सोही रकमको ब्याजबाट हरेक वर्ष नेपान सदस्य वा गैरसदस्य विकास–लेखकहरूलाई सम्मान गरिँदै आइएको छ ।

    यसअघि सो पुरस्कार सहप्राध्यापक गम्भीरबहादुर हाडा, द्वन्द्वविद् डा. विष्णुराज उप्रेती, प्रशासन तथा व्यवस्थापनविद् डा. मानबहादुर विश्वकर्मा, ग्रामीण विकासविद् प्रा.डा. नरविक्रम थापा र डा. चण्डीप्रसाद चापागाईंलाई प्रदान गरिएको थियो । 

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend