Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मिथिलामा श्रीकृष्ण जन्माष्टमीको उल्लास


२०, भदौ २०८०
  • 153
    SHARES
  • मिथिलामा श्रीकृष्ण जन्माष्टमीको उल्लास

    महोत्तरी । मिथिला क्षेत्रमा आज श्रीकृष्ण जन्माष्टमी पर्वको उल्लास छ । हिन्दु परम्पराका आराध्य देव श्रीकृष्णको जन्म भएको दिन मानिने परम्पराले भाद्र (भदौ) कृष्ण अष्टमी तिथिमा यो पर्व मनाइने गरिएको हो ।

    महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका प्रत्येकजसो गाउँ/नगर बस्तीमा श्रीकृष्णका प्रतिमा स्थापित गरिएका छन् । द्वापर युगमा मथुरा कारागारमा भदौ कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म माता देवकीको कोखबाट भएको थियो । श्रीकृष्ण हिन्दु परम्पराका आराध्यदेव श्रीविष्णुका १० मुख्य अवतारमध्येका आठौँ मानिनुहुन्छ । यो मान्यताले भदौ कृष्ण अष्टमीका दिन उल्लासमय वातावरणमा श्रीकृष्ण जन्मोत्सव मनाउने मैथिल परम्परा छ । 

    श्रीकृष्ण जन्मोत्सवमा भदौ कृष्ण अष्टमी तिथि टेकिनासाथ (सुरु भएपछि) व्रत बस्ने र मध्यरातमा श्रीकृष्ण जन्मनुभएको मान्यताअनुसार मङ्गलगान गर्दै व्रत समापन गर्ने परम्परा छ । पर्वमा बस्तीपिच्छेजस्तो स्थापित गरिएका श्रीकृष्ण प्रतिमामा अष्टमीको मध्यरात भएपछि आँखा खोलेर (माटाका मूर्तिमा आँखा कोट्याएर खोल्ने) जन्मोत्सव मनाइने चलन रहेको जलेश्वर–४ सुगाभवानीपट्टीका धीरेन्द्र राय बताउनुहुन्छ ।

    जन्मोत्सवमा श्रीकृष्ण जन्मलीला नाटक प्रस्तुत गर्ने चलन छ । मथुरा (हाल भारतको उत्तरप्रदेशमा पर्ने प्रसिद्ध नगर) कारागारमा रहेका वासुदेव/देवकीका आठौँ सन्तान मानिने श्रीकृष्ण जन्मनासाथ सबै सुरक्षाकर्मी लट्टिएर सुतेका र सो बेला सबै द्वार आफैँ खुलेका श्रीमद्भागवतमा वर्णन छ । मथुराका तत्कालीन राजा कंशको प्रहारबाट बचाउन राति नै वासुदेवले श्रीकृष्णलाई बोकेर गोकुल बस्तीका ग्वालराज नन्दकी रानी यशोदाको काखमा राखी दिएर त्यहाँ जन्मिएकी कन्या लिएर कारागार फर्केका शास्त्रीय कथा भन्ने, सुन्ने गरिन्छ ।

    श्रीकृष्ण हिन्दू परम्परामा सोह्रै कलायुक्त श्रीविष्णुका अवतार मानिनुहुन्छ । दुष्टको संहार गर्ने र सत्यको पक्षमा उभिन सबैलाई प्रेरित गर्ने श्रीकृष्णलाई सम्झदै पर्वको अवसरमा कंशवध, गोकुलका बाललीला, गोवर्द्धन पर्वत पूजा परम्परासहितका नाटक कतिपय ठाउँमा आयोजित छन् । मिथिलामा श्रीकृष्ण जन्माष्टमी मेला (जात्रा) परम्परा छ । पर्व माटाका मूर्ति बनाउने पेसाका कुम्हाल र त्यो सीपका सर्वसाधारणका लागि आर्जनको अवसर पनि रहँदै आएको छ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend