Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

देशव्यापी कला प्रवर्द्धन अभियानमा प्रतिष्ठान


२०, भदौ २०८०
  • 466
    SHARES
  • देशव्यापी कला प्रवर्द्धन अभियानमा प्रतिष्ठान

    काठमाडौँ । कला सिर्जनाको विकासका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँले देशव्यापी ललितकला प्रवर्द्धन अभियान थालेको छ । विभिन्न जिल्ला तथा प्रदेशमा पुगेर ललितकला क्षेत्रको विकास तथा प्रवर्द्धनात्मक कार्यक्रम गरी कलाकारलाई प्रोत्साहन तथा कला पारखीमाझ कला सिर्जनाको महत्त्व दर्शाउँदै प्रतिष्ठानले विभिन्न कार्यक्रम अघि बढाएको हो । 

    प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीका अनुसार कलालाई उपत्यकामा मात्रै सीमित नराखी जिल्ला जिल्लामा समेत महत्त्व दर्शाउँदै कला प्रवर्द्धन गर्न जरुरी रहेकाले प्रतिष्ठानले विशेष योजनाका साथ कला प्रवर्द्धन थालेको बताउनुभयो । नेपालका कुनाकाप्चामा रहेका मौलिक कलाको संरक्षण गर्नु पनि यसको उद्देश्य रहेको जनाइएको छ ।

    प्रतिष्ठानले विभिन्न प्रदेशगतरूपमा छलफल अभियान नै अघि बढाएको छ । यस्तै विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्दै काठमाडौँमा कला सिर्जनामा सक्रिय रहेका कलाकारसँग अन्तरक्रिया र कला प्रवर्द्धनात्मक कार्यक्रम पनि गरिरहेको प्रतिष्ठानले जिल्ला जिल्लामा पुगेर परम्परागत तथा आधुनिक कला विकासका कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ ।

    केही जिल्लाका तोकिएको क्षेत्रलाई विशेष खास कलाको केन्द्र बनाउने योजनासमेत अघि बढाइएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा जिल्लामा कला प्रवर्द्धन तथा विकाससम्बन्धी कार्यक्रम गरेर सुझाव लिने काम गरिरहेको र त्यसका आधारमा योजना बनाएरै कलाको विकासमा लाग्ने प्रतिष्ठानको सोच रहेको छ । 

    हाल प्रतिष्ठानले कोशी, मधेस प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्दै काठमाडौँमा कला सिर्जना गरिरहेका कलाकारसँग छलफल गरिसकेको छ । प्रतिष्ठानले बागमती प्रदेशको रामेछाप जिल्लाको सुनापाती गाउँपालिकालाई थाङ्का कलाको केन्द्र बनाउने योजना अघि बढाइसकेको छ । त्यसका लागि अध्ययन समिति गठन गरी काम भइरहेको प्रतिष्ठानले जानकारी दिएको छ । यस्तै दाङको गढवा गाउँपालिकालाई सेरामिक्स कलाको केन्द्र बनाउने योजना पनि अघि सारिएको छ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend