Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘यादको कोलाज’  लोकार्पण


२३, भदौ २०८०
  • 152
    SHARES
  • ‘यादको कोलाज’  लोकार्पण
    पोखरा ।  लेखक अमृत क्षेत्रीको संस्मरणात्मक कृति ‘यादको कोलाज’को  पोखरामा लोकार्पण गरिएको छ । ‘पुछारसिटे अभियान’द्वारा आयोजित समारोहमा साहित्यकार सरुभक्तले उक्त कृतिको लोकपार्ण गर्नुभयो । 
     
    गत साता काठमाडौँमा आयोजित ‘कलिङ साहित्य महोत्सव’मा सो कृतिको विमोचन गरिएको थियो । भारतीय सेनाबाट निवृत्त लेखक क्षेत्रीले आफ्नो जीवन भोगाइलाई पुस्तकाकार दिनुभएको हो । साहित्यकार सरुभक्तले क्षेत्रीको लेखनमा गहनता रहेको सुनाउनुभयो । 
    जीवन्त लेखन र भाषाशैलीले पुस्तकलाई पठनीय बनाएको उहाँको भनाइ थियो । क्षेत्रीको पुस्तकमा प्रकृति प्रेम पनि उत्तिकै प्रकट भएको सरुभक्तले उल्लेख गर्नुभयो । लेखन आफ्नो सानैदेखिको रुचि भएको क्षेत्रीले बताउनुभयो । 
     
    साहित्यसेवी विश्व सिग्देल, रीता अधिकारी, लक्ष्मण थापा लगायतले क्षेत्रीको लेखनबाट आफूहरु प्रभावित भएको उल्लेख गर्नुभयो । उहाँको यसअघि ‘एकान्त भीड’ कविता सङ्ग्रह प्रकाशित छ । जागिरबाट निवृत्त भएपछि क्षेत्री साहित्य लेखनमा सक्रिय हुनुहुन्छ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend