दाङ । फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसँग भेटघाट गरेका छन । विहीवार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखियाका प्रतिनिधि विर्खेबहादुर शाहीको टोली र मुख्यमन्त्रीबीच भेटघाट भएको हो ।
राउटे शाहीले सरकारसँग दशै खर्च माग्न आएको भन्दै मुख्यमन्त्रीलाई दशै खर्च दिन आग्रह गर्नुभएको छ। अब दशै आइसक्यो, हाम्रो जनताले दशैमा बलि पनि दिनु पर्छ, खसी पनि खानु पर्छ, सरकारले पैसा दिनु पर्यो, उहाँले भन्नुभयो ८६ घर जनता छ, खसी खाना सरकारले २ लाख दिनु पर्छ ।
सबै मत्रीहरुले हामीलाई दशै खर्च दिनुपर्यो, हामीले लगेर सबै जनतालाई बाड्ने काम हुन्छ । खसी किन्न पैसा चाहियो । उहाँले आफुहरु अहिले दैलेखमा बसीरहेको र दशै खर्चका लागि दाङ आएको बताउनुभयो । तिज खर्चकै लागि आएका हौ,उहाँले भन्नुभयो, तिज गइगो अब दशै खर्च जुटाउनु परेको छ ।
मुख्यमन्त्री चौधरीले राज्ले राउटे समुदायको लागि गर्न सहयोग गर्ने, दशै खर्चको व्यवस्थापन गर्न सकारात्मक भएको बताउनुभयो । उहाँले दशै खर्चका लागि आबश्यक रकम राउटे समुदायलाई दिने व्यवस्था गरिने बताउनुभयो। राउटेहरुलाई पहिलेदेखि नै सरकारले दशै खर्च दिदै आएको इतिहास पनि रहेछ, राउटेलाई खर्चकै कारण दशै मनाउन समस्या हो भने लुम्बिनीले पनि केहि सहयोग गर्छ, मुख्यमन्त्री चौधरीले भने, २/३ दिनमा सरकारको केहि सहयोग हुन्छ । भेटघाटमा अर्थमन्त्री धनबहादुर मास्की तथा प्रमुख सचिव राधिका अर्यालको समेत सहभागिता रहेको थियो ।