Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ सम्पन्न


७, असोज २०८०
  • 274
    SHARES
  • ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ सम्पन्न

    काठमाडौँ । चलचित्रको प्राज्ञिक अध्यापन गराउँदै आएको अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ सम्पन्न गरेको छ ।

    बीस वर्षमुनिको उमेर समूहमा लक्षित प्रतिस्पर्धामा सजिल बस्नेतले तयार गर्नुभएको ‘बबल’ पहिलो, क्षितिज जैसवालले निर्देशन गर्नुभएको ‘वैराग्य’ले दोस्रो र देव तामाङले निर्देशन गर्नुभएको ‘खोक्रो’ तेस्रो घोषित भएका छन् । उनीहरूले क्रमशः रु एक लाख, रु ५० हजार र रु २५ हजार नगद पुरस्कार प्राप्त गरेको निर्णायकमध्येका एक मनोजबाबु पन्तले जानकारी दिनुभयो । 

    निर्देशक नीरञ्जनराज भेटवाल र छायाँकार उज्जल बस्ताकोटीसहितको निर्णायक मण्डलले प्राप्त पच्चीस छोटा चलचित्रमध्ये छानिएका सातमध्ये विषयवस्तुको छनोट, कथाभन्ने शिल्प, प्राविधिक पक्ष, दृश्य भाषाजस्ता पक्षलाई आधार बनाएर विजेता छनोट गरिएको निर्णायक पन्तले बताउनुभयो । 

    यस्तै निराकारभक्त राईले तयार गर्नुभएको ‘द पोयट’ लाई निर्णायकले विशेष पुरस्कार (स्पेसल मेन्सन अवार्ड) प्रदान गरेका थिए । कलेजका प्रधानाध्यापक रामराजा दाहालले चलचित्र निर्माणमा प्रतिभाको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि प्रतिस्पर्धा आयोजना गरिएको जानकारी दिनुभयो ।  

    उहाँले भन्नुभयो, “चलचित्र सिर्जनात्मक विधा भएको र युवाको मस्तिष्क सिर्जनशील हुने भएकाले लक्षित प्रतिस्पर्धा गरिरहनेछौँ ।” विजेतालाई एक कार्यक्रमको आयोजना गर्दै पुरस्कार प्रदान गरिएको थियो । 

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend