Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सानै उमेरमा गीत सङगीतमा रम्दै राजन 


१७, असोज २०८०
  • 285
    SHARES
  • सानै उमेरमा गीत सङगीतमा रम्दै राजन 

    अर्घाखाँची। राजन अधिकारी सानै उमेरमा गीत सङ्गीतमा छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ । लाइभ दोहोरीबाट चर्चामा आउनुभएका उहाँ अहिले चर्चित कलाकारमध्येमा पर्नुहुन्छ । 

    अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नं.३, ठाडामा जन्मिनुभएका १९ वर्षीय अधिकारीले गाएका गीतहरुमध्ये ‘कोदाली र कुटो’, ‘शिरमा रिबन’ जस्ता गीतहरुले धेरै चर्चा कमाएका छन् । गीतका साथै प्रत्यक्ष प्रसारित दोहोरीमा उहाँको पहिचान बेग्लै छ । दोहोरीमा अरु कलाकारका भन्दा उहाँद्वारा प्रस्तुत शब्दहरु बेग्लै हुन्छन् ।

    “गीतभित्र मनको भावना लुकेका हुन्छन् । कुनै पनि गीत सिर्जना गर्दा सर्जकले आफ्नो कथा र आफ्नो भोगाइभन्दा पनि माथि रहेर यथार्थ सामाजिक जीवनसँग मेल खाने गीतहरु बजारमा ल्याउनुपर्छ,” कलाकार अधिकारी भन्नुहुन्छ, “गीत सङ्गीतले समाजमा रहेको नकारात्मक कुरालाई सकारात्मकमा बदल्नुुपर्छ । म चाहान्छु हरेक सर्जकले चर्चा कमाउनुभन्दा पनि समाजलाई सकारात्मक परिवर्तन ल्याउने तवरले गीत सिर्जना गर्नुपर्छ ।”

    उहाँ भन्नुहुन्छ, “छोटो समयमा धेरै दर्शकको माया पाउने भाग्यमानी कलाकारमध्ये म पनि एक हुजस्तो लाग्छ मलाई । सामाजिक सञ्जालका टिकटक, युटुब र फेसबुकजस्ता माध्यमबाट मलाई दर्शकले फलो गर्नाका साथै मेरा गीत पनि सुन्दै आइरहनुभएको छ। धेरैले कमेन्टमा यो भाइ एक दिन इतिहास बन्छ भन्ने कुरा लेखेको देख्छु । उहाँहरुको यस्ता प्रतिक्रियाहरुले आफूले पनि केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेर आएको छ ।”

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend