Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अपागंताका लागी सरकारी निकायमा अपाङ्ग मैत्री संरचना बनाउनुपर्छ : मन्त्री आचार्य


२१, असोज २०८०
  • 210
    SHARES
  • अपागंताका लागी सरकारी निकायमा अपाङ्ग मैत्री संरचना बनाउनुपर्छ : मन्त्री आचार्य

    कपिलवस्तु । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले अपांगहरुको सहज पहुँचका लागि सबै सरकारी निकायमा अपांग मैत्री संरचना निर्माण गर्नु पर्ने बताउनुभयो । 

    उहाँले नबनाइएका ठाउँमा अपांग मैत्री संरचना बनाउनु पर्नेमा जोड दिनुभयो । ‘ अब बन्ने संरचना अपांग मैत्री बनाउन जरुरी छ ’ उहाँले भन्नुभयो । शारीरिक रुपमा अपांग भएकाहरुलाई सिप सिकाएर आत्म निर्भर बनाउनु पर्ने बताउनुभयो। 

    तिनै तहको सरकारले अपांगकाका लागि अपांग मैत्री नीति समेत बनाउनु पर्ने बताउनुभयो। उहाँले अपांगहरुका लागि आफुले थप सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । उहाँले महिलाहरुका लागि सुधारिएको चुल्हो, सिलाई मेशीन र स्वेटर बुन्ने मेशीन समेत दिलाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो।

    कपिलवस्तुमा डिजेएच तथा ईन्टरनेशनल ह्लील चियर फाउन्डेशनको सहयोगमा बाल अपांग टेवा संस्थाले अपगंता भएकाहरुका लागी ह्वील चियर वितरण कार्यक्रममा मन्त्री आचार्यले यस्तो बताउनु भएको हो ।

    कपिलवस्तुमा डिजेएच तथा ईन्टरनेशनल ह्लील चियर फाउन्डेशनको सहयोगमा बाल अपांग टेवा संस्थाले १ सय १६ अपांगता भएका ब्यक्तिहरुलाई ह्वील चियर बाँडेको छ । डिजेएच तथा ईन्टरनेशनल ह्लील चियर फाउन्डेशनको सहयोगमा बाल अपांग टेवा संस्थाले कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको हनुमान चोकमा जिल्लाका ६ पालिकाका अपांगहरुलाई बितरण गरेको हो । 

    सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष डेन्डी शेर्पाले वडा र पालिकाहरुले अपांग मैत्री संरचना निर्माण गरी वडा सम्म पहुँच बढाउनु पर्ने बताउनुभयो । उहाँले आफनो संस्थाले अपांग ब्यक्तिहरुको सहजताका लागि गोरुसिंगे देखि चन्द्रौटाको बिचमा ह्वील चियर मर्मत केन्द्र समेत संचालन गर्ने तयारी गरेको बताउनुभयो।

    बुद्धभुमी नगरपालिकका मेयर केशव कुमार श्रेष्ठको अध्यक्षता, नविब खनालको संचालनमा भएको कार्यक्रममा मुख्य दाता डिजेएचका केड्रनी एलन हाईनेश, महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल बुद्धभु्मी नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत धु्र्व नेपाल, बुद्धभुमी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष कपिलदेब तिवारी, आयोजक संस्थाका अध्यक्ष ध्रुब प्रसाद न्यौपाने लगायतले मन्तब्य दिनुभएको थियो।

    बुद्धभुमी नगरपालिकामा २२, महराजगंज नगरपालिकामा २५, कपिलवस्तु नगरपालिकामा २१, शिवराज नगरपालिकामा १६, कृष्णनगर नगरपालिकामा १५, र यशोधरा गाउपालिकामा १० तथा बाकी ९ वटा आवश्यक्ता हेरेर बितरण गरिने संस्थाले जनाएको छ । प्रति ह्वील चियरको ९० हजार बजार मुल्य रहेको छ । शनिवार २९ वटा ह्वील चियर बितरण गरिएको छ ।

    ह्वील चियर पाएका अपांगहरु खुशी भएका छन । पोलियोका कारण जन्मजात अपांग रहेको कृष्णनगर नगरपालिका वडा नम्बर १० अमौलीका ३४ बर्षिय अब्दुल मुसलमान मियाले जिवन मै पहिलो पटक ह्वील चियर पाएर आफुलाई निकै खुशी लागेको बताउनुभयो।

    ‘अब आफै आउ जाउ गर्छु, जीवनयापनमा केही भए पनि सहज भएको छ ’ उहाँले भन्नुभयो। उहाँ जस्तै अरु २८ जनाले पनि ह्वील चियर पाएर दंग छन । पालिकाहरुले केही दिन मै सबै ह्वील चियर बितरण गर्ने प्रतिवद्धता जनाएका छन ।

    387342462_367075105649691_3559285712430848793_n.jpg

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend