Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गायक तथा मोडलिङ क्षेत्रमा जम्दै देउखुरीका श्रीधर कडेल


२१, असोज २०८०
  • 1,294
    SHARES
  • गायक तथा मोडलिङ क्षेत्रमा जम्दै देउखुरीका श्रीधर कडेल

    दाङ । श्रीधर कडेल पछिल्लो समय युवापुस्ताले रुचाएका गायक तथा मोडेल हुन् । दाङ तथा देउखुरीको पूर्वी क्षेत्र लुम्बिनी प्रदेशको राजधानीस्थल समेत रहेको दाङ—देउखुरीको राप्ती गाउपालिका—१, पाखापानीलाई आफ्नो कर्मथलो बनाउँदै बिगत आठ बर्ष देखि निरन्तर कलाकारिता क्षेत्रमा सक्रिय रहेका छन् । उनी पछिल्लो समय चर्चित लोकदोहोरी गायक तथा मोडिलिङ्ग कलाकारका रुपमा परिचित रहेका छन् ।

    बुवा ईश्वरीप्रसाद कडेल र आमा सीता कडेलका उनी एकल मात्र छोरा हुन् । सानै उमेर देखि चनचले स्वभाबका उनी ठुलो भएर पनि उस्तै नै छन् । हँसिला र सहयोगी भवनाका कडेल सानै उमेरबाट नै उनलाई गायक क्षेत्र अत्यन्तै मनपर्ने गथ्र्यो । सानै उमेरमा पनि उनले गीत गाएर धेरै मानिसहरूलाई मनोरञ्जन दिने गर्थे । उनको गीतलाई मन पराएर मानिसहरुले पैसा पनि दिने गर्थे । 
    कडलले गीत गाएर संकलन भएको पैसाले नै उन थप हौसला प्रदान गर्यो ।

    उनलाई पैसाले हौसला र हिम्मत दियो र उनी आज गायक तथा माडलिङ्गमा चर्चित भएका छन् । जो अहिले गायक तथा मोडेल भएर विभिन्न कार्यक्रमहरुमा अत्यन्तै मनोरञ्जन प्रदान गर्दै आएका छन् । उनी अहिले मेला महोत्सव तथा म्युजिक भिडियोहरुमा आवाज दिएर र मोडलिङ्ग गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । उनी अहिलेले गायक संगसंगै मोडलिङ क्षेत्रलाई पनि उत्तिकै अघि बढाउँदै आएका छन् ।

    कडेल देउखुरी क्षेत्रमा कलाकारिताको सानका रुपमा आफूलाई स्थापित गराउन सफल भएका छन् । कडेलको सागितिक यात्रा “सोल्टिनी भेट् भयो” भन्ने बोलको गीतबाट सुरु भयो । जो गीतमा उनको र राधिका हमालको स्वर रहेको छ, भने उनको आफ्नै र करिष्मा ढकालको मोडलिङ रहेको छ । उनलाई त्यस गीतबाट सागितिक यात्रा तर्फ अझ बढी उर्जा थपिदै गयो । उनी सानै उमेर भएता पनि जिन्दगीमा धेरै ठक्करहरु खादै अघि बढेको अनुभव सुनाउँछन् । 

    मेहनत गरेपछि एक पटक अवश्य सफल भइन्छ भन्दै गायक कडेलले अहिले बजारमा आधा दर्जन बढी गीतहरु ल्याइसकेका छन् । केही गीत आफै गाएका छन् भने केही गीतमा मोडलिङ समेत गरेका छन् । उनी गायक तथा  मोडलिङ मात्र नभएर क्यारिकेचर गर्ने कला पनि छ । दाङ सहित छिमेकी जिल्लाहरुमा हुने मेला महोत्सवहरुमा उनको बलियो उपस्थिती रहने गर्दछ । उनी कलाकारिता संगै पछिल्लो समय टेलिभिजन तथा अनलाइन मिडियाहरुमा आवद्ध रहेर पत्रकारिता क्षेत्रमा समेत सक्रिय रहेका छन् । उनी अहिले देउखुरी टुडे डटकम र बुद्ध आवाज टेलिभिजनमा समेत काम गर्दै आइरहेका छन् ।

    गायक बन्ने चाहाना त पूरा भयो तर आफूलाई कसरी स्थापित गर्न सकिन्छ भन्दै निकै मिहिनेत गर्दै आएका छन् । आफूलाई स्थापित गर्न उनी कहिकतै पनि पछि नपर्ने उनको भनाई छ । अहिले उनी राष्ट्रिय संगीतकर्मी संघ दाङ जिल्लाको उपाध्यक्ष समेत रहेका छन् ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend