Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फिल्म ‘राजागञ्ज’लाई नर्वेको सोर्फोन्डबाट ७६ लाख राशीको पुरस्कार


२५, असोज २०८०
  • 169
    SHARES
  • फिल्म ‘राजागञ्ज’लाई नर्वेको सोर्फोन्डबाट ७६ लाख राशीको पुरस्कार

    काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज द स्काइ इज माइन’को छायांकन गत महिना सम्पन्न भइसकेको छ । भेराइटी म्यागजिनका अनुसार यो फिल्मलाई लिएर अब नयाँ खबर छ ।

    यो फिल्मले नर्वेजियन फिल्म इस्टिच्युटको सोर्फोन्डबाट ७६ लाख ५२ हजार रुपैयाँ (५७ हजार ६०० अमेरिकी डलर) जितेको छ । यो फिल्म उक्त फन्ड जित्ने नौ फिल्ममध्ये एक रहेको भेराइटीको समाचारमा उल्लेख छ ।

    रौनियार निर्देशित पहिलो फिल्म ‘हाइवे’ सन् २०१२ मा बर्लिनमा प्रिमियर भएको थियो । त्यसपछि लोकार्नोमा । सन् २०१६ मा रिलिज भएको उनको अर्को फिल्म ‘ह्वाइट सन्’ले भेनिस, पाम स्प्रिङ्स, फा्रइबर्ग र सिंगापुर फेस्टिभलमा अवार्ड जितेको थियो ।

    रौनियार, डेभिड बार्कर र आशा मगरातीद्वारा लिखित, ‘द स्काई इज माइन’ले दक्षिण एसियामा जातीय प्रथाको कथा पेश गर्छ जहाँ छालाको रङलाई लिएर विभेद गरिन्छ ।

    फिल्मले गहुँगोरो वर्णकी नेपाली प्रहरी अधिकृतलाई पछ्याउँछ, जसले शताब्दीयौं पुरानो लैंगिक विभेदको मान्यता तोड्दै देशकै पहिलो महिला जासूस अधिकृत बनेकी छन् । उनलाई हिंसा भड्किएको सहरबाट काम थाल्छिन् । कालो छाला भएका मधेशीमाथि हुने प्रणालीगत विभेदको विरोधमा हजारौं सडकमा उत्रिएका बेला दुई गहुँगोरो वर्णका युवक फिरौती मागेपछि अपहरणमा छन् ।

    फिल्मले यो विभेद र चर्किएको मधेश आन्दोलनको बीचमा यी पात्रको कथालाई पेश गर्छ । रौनियारकी श्रीमती तथा अभिनेत्री आशा मगरातीले फिल्ममा पूजाको भूमिका निर्वाह गरेकी छन् । पूर्वमिस नेपाल निकिता चाण्डक फिल्ममा ममताको पात्रमा छिन् । यो फिल्ममा दयाहाङ राई पनि मुख्य भूमिकामा छन् । दयाहाङको पछिल्लो फिल्म ‘गाउँ आएको बाटो’ हालै टोरन्टो फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको थियो ।

    फिल्मको निर्मातामा मगरातीसहित रामबाबु गुरुङ र एलन आर मिलिगन छन् । आदि फिल्म्स, बाँसुरी फिल्म्स र नर्वेको तनहाउज गेटको ब्यानरमा फिल्म बनेको हो । यसैवर्ष ब्लकबस्टर नेपाली फिल्म ‘जारी’ निर्माण गरेका गुरुङले भने, ‘दीपकसँग मेरो प्रारम्भिक दिनदेखि नै मित्रता छ । उनीसँग काम गर्न पाउँदा म निकै उत्साहित छु । यो फिल्म नेपाली चलचित्र क्षेत्रको लागि एउटा ऐतिहासिक चलचित्र हुनेछ र यसले बाँसुरी चलचित्रको पोर्टफोलियो बढाउनेमा म खुसी छु ।’

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend