Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सोनामाई मन्दिरमा तान्त्रिक मेला


२, कात्तिक २०८०
  • 181
    SHARES
  • सोनामाई मन्दिरमा तान्त्रिक मेला

    महोत्तरी । यहाँको प्रसिद्ध शक्तिपिठ सोनामाई मन्दिरमा तान्त्रिक मेला सुरु भएको छ । औरही नगरपालिका–७ भोइलस्थित सो मन्दिरमा नवरात्रको पाँचौँ दिन परम्पराअनुसार आज तान्त्रिक मेला सुरु भएको हो । स्थानीयबासी यसलाई ‘भूतमेला’ पनि भन्ने गर्दछन् ।

    नवरात्रको पञ्चमीदेखि नवमी तिथिभर रहने यो मेलामा दुष्टात्माबाट सताइएका भक्तजनले देवीसँग कष्ट निवारणका लागि  पुकार्छन् । यसरी पुकारेपछि दुष्टात्माले छोड्ने विश्वास गरिन्छ ।

    वर्षौंदेखि भूत, पिसाच, जादुटुनाको कुचक्र र बोक्साबोक्सीबाट सताइएर जीवन र मृत्युको दोसाँधमा परेका मानिस मन्दिर सीमाक्षेत्रमा प्रवेश गरेलगत्तै भुईमा लडिबुडी गर्ने, रुने, हास्नेजस्ता असमान्य गतिविधि देखाउने र मुख्य मन्दिरमा पुगेपछि सोनामाईको कृपाले निको भएर घर र्फकने गरेका मन्दिरका मुख्य पुजारी केदार झा बताउनुहुन्छ ।

    पञ्चमीदेखि नवमीसम्म आयोजना गरिने यो मेलामा मधेश प्रदेशभरिकै र छिमेकी भारतको सीतामढी, मधुवनी, चम्पारन, शिवहर र मुजफ्फरपुर जिल्लाका भक्तजनको पनि यहाँ घुइँचो लाग्ने गरेको छ । यो तन्त्र साधनाका लागि उपयुक्त अवसर पनि मानिन्छ । कति तन्त्रमन्त्र, टुनामुना सिक्न चाहने व्यक्ति पनि यहीँ नै गुरु थापेर यो विधिको अभ्यास पनि गर्छन् । 

    यहाँ तन्त्रसाधना गराउने गुरुले मानवहितलाई सर्वोपरी राखेर साधना गर्न सिकाउने पुजारी झाको भनाइ छ । सोनामाई शक्तिपीठमा दर्जनौँ धामीझाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लीन रहन्छन् भने यस अवधिमा माता दुर्गा यहाँ प्रत्यक्ष विराजमान भएर पीडितको कष्ट निवारण गर्नुहुने मान्यता रहेको उहाँको भनाइ छ । माताको दरबारमा एक पटक पुग्ने पीडितको शरीरमा जीवनमा फेरि कहिल्यै पनि यस्तो असर नपर्ने जनविश्वास रहेको छ ।

    मेलाको पारम्पागत र सांस्कृतिक महत्व भए पनि भूतमेलासँग जोडिएर आउने बोक्साबोक्सी र कथित दुष्टात्माको कुरा भ्रममात्र भएको नयाँ पिँढीका युवा बताउँछन् । बडादसैँ पर्वमा देवी दुर्गाको महत्व उजागर गर्नु र मातृसत्ताप्रति श्रद्धाभाव जगाउनु उन्नत संस्कार भए पनि यससँग जोडेर भूतप्रेत, बोक्साबोक्सीजस्ता अन्धविश्वासको पछि लाग्न नहुने र मेलाको यो पक्षलाई परिस्कार गरिनपर्नेमा भङ्गाहा–४ का युवा रामईश्वर ठाकुर जोड दिनुहुन्छ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend