Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला आजदेखि


८, कात्तिक २०८०
  • 210
    SHARES
  • पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला आजदेखि

    दमौली । तनहुँको भिमाद नगरपालिका–५ स्थित मिर्छुलुङमा पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला हुने भएको छ । मिछुर्लुङको पर्यटन प्रवदर्धन गर्ने उद्देश्यसहित हरेक वर्षझै यस वर्ष पनि दसैँको अवसर पारेर मेला आयोजना गर्न लागिएको हो । 

    तेस्रो नेत्र युवा संस्थाको आयोजनामा आजदेखि ११ गतेसम्म आयोजना हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मेलाकै अवसरमा जुनियर पुरुष भलिबल प्रतियोगितासमेत आयोजना गरिएको छ । 

    मगर जातिको बाहुल्य रहेको मिछुर्लुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको संस्थाका सचिव अमृत थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दसैँका बेला गाउँमा रमाइलो वातावरण हुन्छ, विभिन्न ठाउँबाट दसैँ मनाउन गाउँ फर्किएकाको उत्साह छ, प्रत्येक वर्ष संस्थाले दसैँको अवसर पारेर मेला आयोजना भइरहेको छ ।”

    मेलाको अवसरमा मिछुर्लुङ होमस्टे अवलोकन, मिछुर्लुङ भ्यु टावरबाट दृश्यावलोकन, मगर लाफा भिलेजको अवलोकनसमेत गराइनेछ । भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार प्रदान गरिनेछ । 

    मिछुर्लुङ गाउँका अतिरिक्त यही नजिकै रहेको मगर भिलेज रिसोर्ट पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ । उक्त रिसोर्टमा दैनिकजसो आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । 

    मगर भिलेज पर्यटकीय तथा अध्ययन केन्द्रको रुपमा विकास हुन थालेको सञ्चालक राना मगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रकृति, संस्कृति र मगर संस्कारलाई प्रवर्द्धन गर्दै मगर भिलेज रिसोर्ट सञ्चालनमा छ ।

    यहाँ दिनदिनै आउने पर्यटकको सङ्ख्या बढ्दो छ ।” सञ्चालक रानाका अनुसार प्रकृतिको सुन्दर दृश्यावलोकन, मगरको संस्कार र संस्कृति अध्ययन गर्न आन्तरिक पर्यटक आउने गरेका छन् ।

    रिसोर्टमा ढिकी, जाँतोजस्ता पुराना सामग्री राखिएको छ । अहिलेका पुस्तालाई पुरातात्विक तथा धार्मिक महत्वका सामग्रीबारे बुझाउन विभिन्न सामग्री राखिएको र अहिले त्यही हेर्न विद्यालयबाट पनि विद्यार्थी आउने गरेको उहाँले बताउनुभयो । 

    यहाँ दृश्यावलोकन केन्द्रसमेत बनाइएको छ । ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यहाँ दृश्यावलोकन स्तम्भ ९भ्युटावर० निर्माण गरिएको हो । देश तथा विदेशमा रहेका नेपालीहरूबाट सङ्कलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न भएको हो 

    मिछुर्लङमा जन्मेर हाल बेलायतमा रहनुभएका महेन्द्र आलेको परिकल्पनामा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको थियो । कूल रु ३८ लाख चार हजार नौ सयको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको बताइएको छ ।

    मगर समुदायको कौरा, झ्याउरे, प्राङ्गारिक परिकार मिर्छुलुङको विशेषता हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मिर्छुलुङमा झरना पनि छ । उक्त झरनामा एकपटक क्यानोनिङ समेत सञ्चालन गरिको थियो । 

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend