Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

सभापति देउवाद्वारा भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आग्रह


१८, कात्तिक २०८०
  • 179
    SHARES
  • सभापति देउवाद्वारा भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आग्रह

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको खबरले दुखित भएको उल्लेख गर्नुभएको छ । 

    उहाँले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाइतेको उपचार गर्न सरकारसँग माग गर्नुभएको छ । साथै प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याउने प्रबन्ध गर्न पनि अनुरोध गर्नुभएको छ ।

    सभापति देउवाले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । यस कठिन घडीमा उहाँले कांग्रेसको सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुनःनिर्माणमा जुट्न निर्देशन दिनुभएको छ । 

    जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार मध्यराति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा ठूलो क्षति पुगेको छ ।

  • अब हरेक नेपालीको आफ्नै घर? संसद्मा पुग्यो नयाँ भवन ऐन: प्रधानमन्त्री

    काठमाडौं । सरकारले हरेक नेपाली नागरिकको आवास अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन, २०८३ को

  • अमेरिका पुगे अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि एफएटीएफसम्म छलफल

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका पुगेका छन्। बाढीबाट क्षतिग्रस्त

  • अर्घाखाँचीका सडकमा गुणस्तरको प्रश्न : तीन वर्षदेखि उस्तै समस्या, डिभिजन प्रमुख भन्छन्- ‘केही कमजोरी भएको छ’

    अर्घाखाँची । अर्घाखाँचीमा सडक निर्माण तथा मर्मतका कामको गुणस्तर, गति र प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend