Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनीमा कथिन चिवर दान उत्सव


२१, कात्तिक २०८०
  • 311
    SHARES
  • लुम्बिनीमा कथिन चिवर दान उत्सव

    लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीस्थित राजकीय बुद्ध विहारमा ‘कथिन चिवर दान’ उत्सव गरिएको छ । भिक्षुहरूको विनयअनुसार असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म तीन महिनासम्म बर्षाबास बसेका उपासक उपासिका तथा दाताबाट भिक्षुलाई नयाँ चिवर उपहारस्वरुप प्रदान गरेर सोमबार सो उत्सव गरिएको हो ।

    रुपन्देहीजिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकाकी मीना गुप्ता र कपिलबस्तुजिल्लाको तौलिहवाका विजयलक्ष्मी गुप्ताले कथिन चिरवदान गर्नुभएको हो । बौद्धभिक्षु उपसम्पन्न गर्नाका साथै तीन महिनासम्म ध्यान र ज्ञानमा बसेपछि समाजले हेर्षोउल्लास ‘कथिन चिवरदान’लाई उत्सवका रुपमा मनाउने गर्दछ । शाक्यमुनि गौतमबुद्ध पनि वर्षावास बसेको अनुयायीद्वारा विश्वास गरिन्छ । 

    बौद्धधर्ममा लाग्नका लागि सम्बन्धित नीति नियम पालना गरी विभिन्न अभ्यास गर्नुपर्ने हुन्छ । चिवरदान कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बुद्धका उपदेशहरुको पालना गर्नाका साथै लुम्बिनीमा यस्ता धार्मिक गतिविधिले समुदायलाई जोड्ने काम गरेको बताउनुभयो । उहाँले लुम्बिनी गुरुयोजनाभित्र रहेका विहारहरुको धार्मिक गतिविधिले पर्यटन प्रवद्र्धनसँगै सांस्कृतिक प्रर्वधन गर्ने पनि उल्लेख गर्नुभयो । 

    कोषका तर्फबाट स्थानीय समुदायलाई जोड्न स्थानीयवासीसँग लुम्बिनी भन्ने नीति लिइएकोसमेत कोषाध्यक्ष भट्टराईले बताउनुभयो । लुम्बिनीस्थित राजकीय बुद्ध विहारका प्रमुख स्थविर भन्ते सागरधम्मले धर्मदेशना दिँदै यस्ता उत्सवले सबै धर्मका समुदायलाई जोड्न सक्ने बताउनुभयो । दान, शिल र भावनाको विकासका साथै चिवरदान उत्सवले परम्परासँगै जीवन बदल्ने संस्कारसमेत हुने उहाँले उल्लख गर्नुभयो ।

    ‘कथिन चिवर दान’ उत्सवमा विभिन्न बौद्ध विहारका प्रमुख, भिक्षु, भिक्षुणी, उपासक, उपासिका, लुम्बिनी विकास कोष, बौद्ध महिला र युवा समितिसहित सरोकारवालाको उपस्थिति थियो । उक्त अवसरमा सङ्घदान, अष्टपरिष्कार दान, चिवरदान र कथिन चिवरदान गरिएको राजकीय बुद्ध विहार लुम्बिनीले जनाएको छ । बिहान श्रीलङ्कन विहारबाट केन्द्रीय नहर, शान्तिदीप हुँदै राजकीय बुद्धविहारसम्म र्‍याली निकालिएको थियो ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend