Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘लप्से झरना महोत्सव’काग तिहारमा


२२, कात्तिक २०८०
  • 264
    SHARES
  • ‘लप्से झरना महोत्सव’काग तिहारमा

    काठमाडौँ । नुवाकोट शिवपुरी गाउँपालिका–६ स्थित लप्से झरनालाई लक्ष्य गरी यही कात्तिक २५ गते  महोत्सव गरिने भएको छ । काठमाडौँ, गँगबुबाट २५ किमी उत्तर पर्ने  सो झरनास्थल टोखा हुँदै पुग्न करिब एक घन्टा लाग्छ । करिब १५ मिनेट भने पैदल हिँड्नुपर्ने हुन्छ । 

    ‘आन्तरिक र बाह्य पर्यटनमा सहभागी बनौँ’ भन्ने नाराका साथ काग तिहारका दिन शिवपुरी वडा समितिको कार्यालय–६ को आयोजना र शिवपुरी समुन्द्रा युवा क्लबको व्यवस्थापन सहयोगमा ‘लप्से झरना महोत्सव’ गर्न लागिएको हो । 

    “चैत–वैशाखको सुख्खा मौसममा पनि पानी बग्ने सो झरनाको विशेषता हो”, आयोजक शिवपुरी–६ का वडाध्यक्ष विष्णु श्रेष्ठले भन्नुभयो, “महोत्सवको तयारीका लागि स्थानीय युवाहरूले बाटोसमेत निर्माण गरेका छन् । त्यहीँ नजिकको छङछङ गुर्जे झरनामा भने आगामी चैतमा महोत्सव गर्ने छौँ ।” उहाँका अनुसार वि.सं २०८१ मा चाहिँ टुनी खोला र चिलाउने छाँगा झरनासमेत समेटी चार झरना महोत्सव गरिने छ । 

    आन्तरिक पर्यटनलाई प्रर्वधन गर्ने उद्देश्यले गर्न लागिएको महोत्सवको उद्घाटन गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले गर्ने जनाइएको छ । महोत्सवकै अवसरमा स्थानीय १०–१२ घरमा होमस्टे ‘घरबास’समेतको व्यवस्था मिलाइने छ ।

    “स्थानीय बासिन्दालाई अहिले आफ्ना सामान्य उत्पादन बेसार, अदुवा, सुन्तला, इस्कुस, भोगटे आदि बिक्रीका लागि राख्न भनेका छौँ, अर्को साल प्रदर्शनी कक्ष समेत राखी व्यवस्थित गरिने छ” वडाध्यक्ष श्रेष्ठले भन्नुभयो । 

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend