Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गीतकार गुरुङले ल्याइन् एकसाथ दुई गीति संग्रह


२४, कात्तिक २०८०
  • 243
    SHARES
  • गीतकार गुरुङले ल्याइन् एकसाथ दुई गीति संग्रह

    काठमाडौं। गीतकार अम्बिका गुरुङले शंकर थापा ‘स्माइल’को एकल संगीतमा दुई गीत एल्बम सार्वजनिक गरेकी छन् । काठमाडौंमा बिहीबार आयोजित समारोहमा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, संगीत उद्योग संघ, नेपालका अध्यक्ष सूर्यबहादुर मगर, गीतकार संघ, नेपालका अध्यक्ष बसन्त वित्यासी थापालगायतले गीति संग्रह ‘भाव’ र ‘अनुपम यात्रा’को विमोचन गरे ।

    दुवै एल्बमका सम्पूर्ण गीतमा गुरुङको शब्द र थापाको संगीत समावेश छ । विमोचन समारोहमा बोल्दै वरिष्ठ संगीतका बास्कोटाले अम्बिका गुरुङ त्यागी गीतकार रहेको र उनका शब्दले नेपाली संगीतलाई निरन्तर सिञ्चित गरिरहेको बताउनुभयो। संगीतका नेपाली गीतसंगीतको अहिलेको ‘स्टार’ संगीतकार रहेको भन्दै बास्कोटाले प्रशंसा गर्नुभयो ।

    एल्बम ‘भाव’मा यो मनले भन्छ, आँखा खोल्दा, सँग सँगै, आँखा नलागोस्, मात्तिएको बेला, अजम्बरी पिरती, रुपको बयान, छड्के नजर, मायाको छु भोको र धेरै भाउ नखोज गरी १० वटा गीत समावेश छन् । 

    ‘अनुपम यात्रा’मा देखिन तिमी जस्तो कोही, सदियौंदेखि, तिमीसँगै, भुल्न सकिनँ, कारण तिमी, तिमी टाढा, गुराँसैको फूल फुल्दा, बुझाउँ कसरी र कारण तिमी (फिमेल भर्सन) गरी ९ वटा गीत राखिएको छ । दुवै एल्बमलाई भावसागर इन्टरटेनमेन्ट एलएलसीले उत्पादन तथा बजार व्यवस्थापन गरेको हो । कार्यक्रमा पाँचवटा गीतको भिडियोसमेत सार्वजनिक गरिएको थियो ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend