Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चलचित्रमा ‘स्क्रिप्ट डाक्टर’को प्रयोग


४, मंसिर २०८०
  • 186
    SHARES
  • चलचित्रमा ‘स्क्रिप्ट डाक्टर’को प्रयोग

    काठमाडौँ । चलचित्र राम्रो बन्न कथासँगै पटकथा पनि सशक्त हुनुपर्छ । नेपाली चलचित्रमा उठान गरिएका विषयवस्तुले प्रशंसा पाए पनि पटकथामा भन समस्या देखिने गरेको धेरैको टिप्पणी सुनिन्छ । यही समस्या समाधानका लागि पछिल्लो समय चलचित्रमा ‘स्क्रिप्ट डाक्टर’ को प्रयोग बढेको पाइन्छ । पटकथामा देखिएका समस्या, त्यसको सम्भावित समाधान औँल्याउने काम स्क्रिप्ट डाक्टरले गर्छन् ।

    ‘टलकजङ्ग भर्सेस टुल्के’, ‘पशुपति प्रसाद’ जस्ता मौलिक कथा लेख्नुभएका लेखक तथा अभिनेता खगेन्द्र लामिछाने प्राय आफैँ लिखित चलचित्रमै अभिनय गर्नुहुन्थ्यो । तर पछिल्लो समय उहाँले अन्य लेखकद्वारा सिर्जित पात्रमा समेत काम गर्नुका साथै पटकथा लेखनमा सहयोग पनि लिन थाल्नुभएको छ । उहाँले लेख्नुभएको पछिल्लो चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ मा स्क्रिप्ट डाक्टरका रुपमा निर्देशक मनोज पण्डितलाई राख्नुभयो । लेखकका रुपमा यो निकै सहयोगी रहेको अनुभव गरेको उहाँले बताउनुभयो । 

    “हामीले कथा लेखनका क्रम गरिरहेका गल्ती औँल्याउने भएकाले मलाई निकै उपयोगी रह्यो । म लेखक रुपमा स्थापित भए पनि उहाँको सहयोगले पटकथालाई राम्रो बनाउने मौका पाएँ”, अभिनेता लामिछानेले भन्नुभयो । 

    नेपाली चलचित्र ‘लूट’ मार्फत प्रस्तुतीकरण, कथ्य शैली र पात्र आवरणमा भिन्नता ल्याउन सफल निर्देशक निश्चल बस्नेत लेखक पनि हुनुहुन्छ । उहाँले लेखनका क्रममा कमजोरी छुट्याउन सहज नहुने बताउनुभयो । 

    “मैले लूट शृङ्खला आफैँले लेखे । पहिलो शृङ्खलामार्फत निर्देशनमा स्थापित भएँ । तर दोस्रोमा पटकथाभन्दा चरित्रलाई प्राथमिकतामा राखे । कही कतै चरित्रमा स्टारडम (लोकप्रियता) हाबी भयो”, निर्देशक बस्नेतले भन्नुभयो, “मैले नयाँ चलचित्र दिमाग खराबमा अरुकै लेखनमा काम गरेँ । निर्देशक भएकाले लेखनमा मेरो सहभागिता थियो । त्यसमा स्क्रिप्ट डाक्टर जोडिनुभएपछि समस्या र त्यसको समाधान पनि बुझ्न पायौँ ।” 

    उहाँले पटकथामा उचित सल्लाह दिएर समाधान निकाल्नसके चलचित्र पर्दामा आएर उब्जिने प्रश्नहरू लेखनकै क्रममा समाधान हुने बताउनुभयो । 

    ‘जात्रा’ र ‘जात्रै जात्रा’ निर्देशन गरेर स्थापित हुनुभएका निर्देशक प्रदीप भट्टराईले लेखक र निर्देशक एउटै व्यक्ति हुँदा छायाङ्कनका क्रममा सहज हुने भए तापनि त्यस अगाडि लेखनकै क्रम रचनात्मक सुझाव उपयोगी हुने बताउनुभयो ।  

    उहाँले भन्नुभयो, “आफैँले लेखेको कथामा पात्रसँग बढी नजिकिनु स्वाभाविक हो । छायाङ्कनमा समस्या देखिए परिवर्तन गर्न सकिन्छ । यद्यपि लेखनका क्रममा हामी विषयभन्दा बाहिर गइरहेका हुन्छौँ । त्यही कारणले कथा राम्रो भए तापनि पटकथामा समस्या देखिने गर्छ ।” उहाँले पटकथा लेखनमा मेहनत आवश्यक रहेको बताउनुभयो । 

    लेखनका क्रम सहयोगी हुने अनुभवकै कारण नेपाली चलचित्रमा ‘स्क्रिप्ट डाक्टर’ को प्रयोग बढ्न थालेको छ । केही निर्देशकले आफ्नो भरपर्दो निर्देशक वा लेखकलाई पटकथा दिएर सुझाव लिने गरेका छन् । तर, आफ्नो कार्यकौशलतामा प्रश्न उठ्ने डरले त्यो सार्वजनिक गरिँदैन । यद्यपि पछिल्लो समय ‘स्क्रिप्ट डाक्टर’को प्रयोग बढेसँगै रचनात्मक सुझावका लागि निर्देशक र लेखक खुलेर सल्लाह गर्न थालेका छन् ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend