Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

घृणायुक्त अभिव्यक्ति बन्द गर, अनावश्यक बल प्रयोग नगर : आयोग


८, मंसिर २०८०
  • 285
    SHARES
  • घृणायुक्त अभिव्यक्ति बन्द गर, अनावश्यक बल प्रयोग नगर : आयोग

    काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालहरूमा सार्वजनिक भएका घृणायुक्त अभिव्यक्तिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँलगायतद्वारा बिहीवार काठमाडौँमा भएको प्रदर्शन र त्यसपश्चात् विभिन्न सामाजिक सञ्जालहरूमा सार्वजनिक भएका घृणायुक्त अभिव्यक्तिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको हो ।

    प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा दुवै पक्षबाट संवैधानिक, कानुनी र मानव अधिकारका मूल्य मान्यता र मर्यादा विपरीत एक अर्कालाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिइएको पाइएको आयोगका प्रवक्ता एवं सहसचिव डा टीकाराम पोखरेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

    जसका कारण बल्खुमा भएको प्रदर्शन अनियन्त्रित भई झडप हुँदा केही व्यक्तिहरू घाइते समेत भएको, राज्यका निकायका उच्च तहमा रहेका व्यक्तिहरू लक्षित गाली गलौज र घृणा फैलाउने अभिव्यक्तिहरु सहितका पोष्टर तथा श्रव्यदृश्य सामग्रीहरु विभिन्न सामाजिक सञ्जालहरूमा सार्वजनिक भएको सञ्चार अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।

    पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसप्रकारका घृणायुक्त गतिविधिहरु नेपालको संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन एवम् मानव अधिकारको मूल्य मान्यता विपरीत रहेको आयोगको ठहर छ ।’

    आफ्ना विमति र विरोधका कार्यक्रमहरू गर्दा संविधान, कानुन र मानव अधिकारका मूल्यमान्यता र परिधिभित्र रहन, कसैप्रति लक्षित गरी घृणायुक्त अभिव्यक्ति नदिन एवम् यस प्रकारका पोष्टर तथा श्रव्यदृश्य सामाग्रीहरू सामाजिक सञ्जालमा नराख्न, सामाजिक सञ्जालको दुरुपयोग रोक्न, हिंसा भड्किने प्रकारका कुनै पनि गतिविधि नगरी जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आयोगले प्रदर्शनरत पक्षलाई आग्रह गरेको छ ।

    साथै, नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै प्रदर्शनकारीहरूमाथि अनावश्यक बल प्रयोग र धरपकड नगर्न समेत आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ । 

    आयोगको टोलीले शुक्रबार दुर्गा प्रसाईँ पक्षबाट प्रदर्शन गर्ने भनिएको तीनकुने र प्रसाईँको भक्तपुरस्थित निवास क्षेत्रको अनुगमन गरेको थियो । तीनकुनेमा प्रदर्शनका लागि भेला भएकाहरूलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई प्रदर्शनमा रोक लगाएको अनुगमनका क्रममा पाइएको आयोगले जनाएको छ ।

    image-124-1583x2048.png

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend