Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रजत जयन्तीका रूपमा मनाइँदै सडक महोत्सव


११, मंसिर २०८०
  • 139
    SHARES
  • रजत जयन्तीका रूपमा मनाइँदै सडक महोत्सव

    कास्की । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा प्रत्येक वर्ष मनाउँदै आइएको सडक महोत्सवलाई यस वर्ष रजत जयन्तीका रूपमा मनाइने भएको छ । अङ्ग्रेजी नयाँ वर्षमा मनाउँदै आइएको सडक महोत्सव २५ वर्ष पुगेसँगै यस वर्ष भव्य तयारीका साथ रजत जयन्तीका रूपमा मनाउन लागिएको हो । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले नयाँ वर्षको स्वागतार्थ प्रत्येक वर्ष यस्तो महोत्सव सञ्चालन गर्दै आएको छ । 

    पोखराको पर्यटन प्रवर्द्धनका लागि गरिँदै आइएको सडक महोत्सवलाई रजत जयन्तीका रूपमा मनाउने तयारी भइरहेको आयोजक संस्था रेवान पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले जानकारी दिनुभयो । 

    पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकको ‘अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’का रूपमा प्रवर्द्धन गर्ने उद्देश्यअनुरुप पोखराको लेकसाइड क्षेत्रमा पर्ने तीन किलोमिटर क्षेत्रफलमा सडक महोत्सव गर्न लागिएको हो । ‘सडकमा खाउ, सडकमै रमाउ’ भन्ने उद्देश्य लिएर सञ्चालन हुँदै आएको सडक महोत्सव रजत जयन्तीका अवसरमा यस वर्ष थप आकर्षण बनाइने जानकारी महोत्सव संयोजक तथा कार्यवाहक अध्यक्ष पौडेलले दिनुभयो ।

    आउँदो पुस १२ देखि १६ गतेसम्म आयोजना गरिएको सडक महोत्सव स्वदेशी तथा विदेशी गरी पाँच लाख पर्यटकले प्रत्यक्ष अवलोकन गर्ने दाबी आयोजक संस्थाको छ । महोत्सवका मुख्य आकर्षण सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, डुङ्गा दौड, भलिबल प्रतियोगिता, कन्सर्ट, पोखराको पर्यटन विकास, प्रवर्द्धन, अवसर तथा चुनौती विषयमा अन्तक्र्रियाका साथै पोखरा तथा स्थानीयरूपमा उत्पादन कृषि, हस्तकला एवं चित्रकलाको प्रदर्शनी गरिने जानकारी सो अवसरमा दिइएको थियो ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले महोत्सवसँगै गुणस्तरीय सेवालाई पनि त्यत्तिकै ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कोरोना महामारीपछि यस वर्ष पोखरामा आउने पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएकाले पर्यटन व्यवसाय चलायमान भएको उहाँको भनाइ छ ।

    महोत्सवसँगै पोखराको लेकसाइडलाई पर्यटनमय बनाउन यहाँको पर्यटनसँग सम्बद्ध एक दर्जन संस्था सक्रियरूपमा लागेको जानकारी अध्यक्ष श्रेष्ठले दिनुभयो । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले पोखराको पर्यटन विकासमा सञ्चारकर्मीको भूमिका पनि महत्त्वपूर्ण हुने बताउनुभयो ।

     

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend