Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फिल्म ‘कंगारु’को शीर्ष भूमिकामा माग्ने बुढा अनुबन्धित


१९, मंसिर २०८०
  • 154
    SHARES
  • फिल्म ‘कंगारु’को शीर्ष भूमिकामा माग्ने बुढा अनुबन्धित

    काठमाडौं । ‘छक्कापञ्जा’ फेम्ड अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ आगामी फिल्म ‘कंगारु’को शीर्ष भूमिकामा अनुबन्धित भएका छन् । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे)ले निर्माण गर्न लागेको यो फिल्ममा केदार जोडिएका हुन् ।

    सोमबार निर्माता र उनीबीच लिखित सम्झौता भएको छ । ‘छक्कापञ्जा’ समूहभन्दा बाहिर रहेर केदारले पहिलोपटक फिल्म खेल्न लागेका हुन् । ‘यो फिल्म खेल्न म उत्साहित छु,’ उनले भने ।

    यो फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् । फिल्ममा तीन शीर्ष अभिनेत्री हुने भनिए पनि कास्टिङबारे उल्लेख छैन । फिल्मलाई नेपाल र अष्ट्रेलियामा छायांकन गर्ने निर्माताको तयारी छ । माग्ने बुढा मंसिर अन्त्यदेखि दीपकराज गिरी र दीपाश्री निरौलासहितको फिल्मको छायांकनमा व्यस्त हुनेछन् । ‘कंगारु’लाई भने फागुनदेखि सुटिङ गर्ने तयारी छ ।

    फुलमून मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मसँग आस्याप इन्टरटेनमेन्टको सहकार्यमा फिल्म ‘कंगारु’ निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धनबहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् ।

    दीपकराज गिरी र केदार घिमिरेले कम्तीमा केही वर्षसम्म आमा सरस्वती मुभिजको ब्यानरभन्दा बाहिरका फिल्ममा पनि काम गर्ने समझदारी गरेका छन् । जसबारे अनलाइनखबरले पहिले नै खबर सार्वजनिक गरेको थियो ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend