Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

हिट फिल्मको पर्खाइमा अभिनेत्री श्रेष्ठ


२२, मंसिर २०८०
  • 224
    SHARES
  • हिट फिल्मको पर्खाइमा अभिनेत्री श्रेष्ठ

    काठमाडौं । अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठको फिल्म करिअर लगभग ८ वर्ष पुग्दैछ । यसबीच उनले ९ फिल्म खेलिन् जसमा दुई हिट भए । डेब्यु फिल्म ‘गाजलु’ र ‘पोइ पर्‍यो काले’बाट उनले प्रशंसा बटुलिन् ।

    सम्भवतः यसवर्ष सृष्टि अभिनित ‘द रेड सुटकेस’ पनि रिलिज हुनेछ । भेनिसमा प्रिमियर भएको यो फिल्मले अन्तर्राष्ट्रिय मिडियामा चर्चा पाइसकेको छ । यस्तोमा, शनिबारदेखि सृष्टिको नयाँ फिल्म ‘११ः५५’को छायांकन सुरु हुँदैछ ।

    यो क्राइम थ्रीलर फिल्मको शीर्ष भूमिकामा सृष्टि देखिनेछिन् । बिहीवार आयोजित फिल्मको पत्रकार सम्मेलनमा उनले क्राइम,थ्रीलर आफ्नो मनपर्ने जनरा भएको र यो फिल्मलाई लिएर स्पष्ट रहेको बताएकी छन् ।

    उनी भन्छिन्,मलाई स्क्रिप्ट एकदमै मन परेको थियो । उहाँहरू एउटा राम्रो फिल्म बनाउने भन्ने उद्देश्य बोकेर आउनुभएको महसुस गरेँ किनकी म केही दिनदेखि वर्कशपमा छु । हामी सम्पूर्ण कलाकार के गर्दैछौँ भन्नेमा स्पष्ट छौँ । अब अगाडि के होला भन्ने जिज्ञासा बोकेर कथा पढ्ने गर्थे । मलाई क्राइम थ्रिलर फिल्म मन पर्ने भएकाले पनि यो राम्रो स्क्रिप्ट हो भन्ने बुझेकी छु । यसले दर्शकमा निकै कौतुहलता जगाउँछ र सोचेभन्दा फरक तर्फ कथा अगाडि बढ्छ ।’

    एउटा कलाकारको लागि फिल्मको सफलता महत्वपूर्ण हो । यसअर्थमा सृष्टिलाई लाग्छ,‘११ः५५’ले नेपाली फिल्ममा एउटा मानक सिर्जना गर्छ । शान्त र निर्दोषपन पोतिएको अभिनय गर्न रुचाउने सृष्टिको व्यक्तित्वभन्दा भिन्न जनरामा बन्न लागेको यो फिल्म बक्स अफिसमा हिट पनि जरुरी छ ।

    किनभने, उनको पछिल्लो फिल्म ‘प्रेमा’ले बक्स अफिसमा कमाल देखाउन सकेन । ‘द सेक्रेट्स अफ राधा’ले समीक्षात्मकरुपमा राम्रो चर्चा त बटुल्यो तर रिलिज भएको केही दिनमै निर्माताले फिल्म उतारे । माइकल अधिकारी, चिसो एस्ट्रे, बाँध मायाले, रोमियो एण्ड मुना र लालपूर्जामा उनको अभिनयले मन त जित्यो तर, बक्सअफिसमा आफूलाई स्थापित गर्न सकेनन् । यसकारण, सृष्टि फिल्म हिट हुनुको पर्खाइमा छिन् ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend