Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पौडेल र लामिछानेले ल्याए नयाँ गीत ‘हुन्छ भने हुन्छ भन’


२६, मंसिर २०८०
  • 159
    SHARES
  • पौडेल र लामिछानेले ल्याए नयाँ गीत ‘हुन्छ भने हुन्छ भन’

    पोखरा । लामो समय देखि लोकदोहोरी क्षेत्रमा क्रियाशील गायक चोलेन्द्र पौडेल र गायिका सरस्वती लामिछानेले’हुन्छ भने हुन्छ भन’ गीत सार्वजनिक गरेका छन् ।

    दुई दर्जन भन्दा बढी लोकदोहोरी गीत गाइसकेका पौडेलले दोहोरी गीतसङ्गीतमा निरन्तरता दिँदै आएका छन् । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको उपमहासचिव भएर काम गरिसकेका पौडेलले देश विदेशका साङ्गीतिक कार्यक्रममा समेत आफ्नो प्रस्तुति दिँदै आएका छन् । पोखरामा रहेर पनि पौडेलको क्रियाशीलता लोकदोहोरीमा लोभलाग्दो छ ।

    यस्तैमा गायक पौडेल र सरस्वती लामिछानेको ‘हुन्छ भने हुन्छ भन’ गीत सार्वजनिक भएको छ । सरस्वती लामिछानेको अफिसियल युट्युब मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा र गीता ढुङ्गानाको अभिनय रहेको छ ।

    पौडेलकै शब्द सङ्गीत रहेको उक्त गीतको म्युजिक भिडियोलाई कजीस श्रेष्ठले निर्देशन गरेका हुन् । कोरियोग्राफी समेत उनकै हो । सुनिल परियारको सङ्गीत संयोजन रहेको गीतबाट गायक गायिका आशावादी छन् ।

    पौडेलेको यसअघिका पानी मुनी मुनी, चढ्यो चढ्यो जवानी, जाम झोला बोकेर, अब त मै सानी रहिन लगायतका गीतले उनलाई साङ्गीतिक क्षेत्रमा चिनाएको छ । सरस्वती लामिछाने पनि पोखराबाट सङ्गीत सङ्घर्ष गरिरहेकी छिन् । ‘भिर्ने झोलामा’ उनको रुचाइएको गीत हो । लोकदोहोरीमा यसअघि रुचाइएको पौडेल र लामिछानेको युगल साङ्गीतिक जोडीलाई ‘हुन्छ भने हुन्छ भन’ बाट समेत सफलता मिल्ने अपेक्षा उनीहरूको छ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend