Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमाले सरकारमा गयो भने देश बन्ने होईन, पुनः संसद् विघटन हुन्छः गगन थापा


२, पुस २०८०
  • 134
    SHARES
  • एमाले सरकारमा गयो भने देश बन्ने होईन, पुनः संसद् विघटन हुन्छः गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले एमाले सरकारमा गएको खण्डमा फेरि संसद् विघटन हुनसक्ने बताएका छन् । कांग्रेस पर्वत क्षेत्र नं. प्रदेश सभा (क) को सम्मेलनलाई सम्बोधन गर्दै उनले एमाले सरकारमा गए देश बन्ने नभइ संसद् विघटन हुने खतरा बढ्ने बताएका हुन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सरकारमा नगई देश नबन्ने दाबी गरेको स्मरण गराउँदै उनले एमाले सरकारमा गएर देश बन्ने नभई संसद्माथि खतरा हुने बताए ।

    तत्कालीन माओवादी र एमाले मिलेर बनेको नेकपाको सरकार नेतृत्व गरेको ओलीले दुई पटक संसद् विघटन गरेका थिए । उनको उक्त कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै बदर गरेको थियो । ओलीले संकल्प यात्राको क्रममा पनि वर्तमान सरकार काम कारबाहीमाथि प्रश्न उठाउँदै ०८४ सम्म कुर्न नसकिने भन्दै मध्यावधिको संकेत गरेका थिए ।महामन्त्री शर्माले अहिलेको सरकारप्रति असन्तुष्टि भएपनि एमालेलाई सरकारको नेतृत्व दिन नसकिने बताए । 

     

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend