Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लोकतन्त्रको विकल्प अरू व्यवस्था हुनसक्दैन : अध्यक्ष केसी


३, पुस २०८०
  • 451
    SHARES
  • लोकतन्त्रको विकल्प अरू व्यवस्था हुनसक्दैन : अध्यक्ष केसी

    रूपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन नसक्ने बताउनुभएको छ । उहाँले देशमा धर्मका नाममा अराजकता मच्चाउने काम भएको जनाउँदै यो व्यवस्था जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

    मंगलबार बुटवलमा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले हिन्दु धर्मको वकालत गरिनु राजतन्त्रको वकालत गरेको ठहर्ने बताउँदै लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुनै नसक्न जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “हिन्दु राज्यको कुरा राजतन्त्रको वकालत हो । यो संभव छैन, दक्षिणी हावा हो, जहाँ त्यो असफल भएको छ । धर्मको नाममा नेपाली जनताको बुद्वि भुट्ने काम भाछ । धर्म मान्न पाइन्छ, त्यो अधिकार छ तर धर्मको नाममा खेल खेल्न पाइन्न ।”

    प्रतिनिधि सभा सदस्य समेत रहेका केसीले भन्नुभयो, “लोकतन्त्र र गणतन्त्रको विरूद्व किन आवाज उठ्यो, लोकतन्त्र ल्याउनेले गतिलो काम नगरेका हुन्, यसैबाट समाजवादी व्यवस्था ल्याउन लड्ने हो, जसरी जानुपर्ने थियो नभएको हो तर त्यसको विकल्प राजतन्त्र होइन ।” उहाँले नेपालमा संघीयता घाँडो भइसकेको बताउँदै देशभरबाट यसको आवाज उठ्नु स्वभाबिक भएको दावि गर्नुभयो । प्रदेशलाई खारेज गरी स्थानीय तहहरुलाई आवश्यक अधिकार दिएर बलियो बनाउन सके बिकास गर्न सकिने उहाँको भनाई थियो ।

    “लोकतन्त्रको सिमाभित्र दलले गर्न नसकेको सत्य हो, लोकतन्त्र र गणतन्त्रको विरोधमा गरिने मोर्चाबन्दी हटाउने अभियानमा साथ दिइन्छ ।” नेता केसीले भन्नुभयो “राजनीति गर्न व्यक्ति र परिवारलाई प्राथमिकता दिइयो, त्यो गलत भयो, अब उन्नत व्यवस्थामा जान सकिन्छ तर पुरानोमा फर्कने अवस्था रहँदैन ।” लोकतान्त्रिक पद्धतिमा सुशासन कायम हुनुपर्नेमा कुशासनको दिशामा जानाले नजतामा बितृष्णा छाएको बताउनु भयो ।

    नेता केसीले गठबन्धन सत्तामा जानका लागि मात्र गर्न नहुने बताउँदै ५ दलीय गठबन्धनले ७२ को संबिधान जोगिएको दावी गर्नुभयो । उहाँले गठबन्धनमा भएको सम्झौतालाई अक्षरसः पालना गरेर अगाडि बढ्न समेत दलहरुलाई सुझाव दिनुभयो । कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षत्रीको अध्यक्षताका सम्पन्न भएको थियो ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend