काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ।
आज बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिए । त्यसका लागि विधान मस्यौदा समिति गठन गरिएको छ ।
सम्मेलनअघि केन्द्रीय कमिटी बैठक बस्ने र विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिने साहले बताउनु भयाे । मस्यौदा समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की हुनुहुन्छ ।
बैठकले माओवादी विशेष रूपान्तरण अभियान सफल भएको र भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने निष्कर्ष पनि निकालेको छ ।