Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

युवा विदेश जाने बाध्यता अन्त्य गर्नुपर्छ : सभापति लामिछाने


६, पुस २०८०
  • 158
    SHARES
  • युवा विदेश जाने बाध्यता अन्त्य गर्नुपर्छ : सभापति लामिछाने

    तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचार बढेर देश कङ्गाल भएकाले युवाहरु विदेशीन बाध्य भएको बताउनुभएको छ । तनहुँको भिमाद नगरपालिकाको भिमाद बजारमा बिहीबार आयोजित सभालाई सम्बोधन गर्नुहुँदै लामिछानेले भ्रष्टाचारले देश आर्थिक सङ्कटमा परेकाले युवाहरुले स्वदेशमा अवसर नपाएको बताउनुभयो ।

    रास्वपाको प्रमुख मुद्दा भ्रष्टाचार गर्ने र विकासलाई गतिशील बनाई युवाहरुलई स्वदेशमै रोजगारी दिने रहेको सभापति लामिछानेको भनाइ छ ।  २०८४ चुनावमा बहुमत ल्याएर भ्रष्टाचारको फाइल खोल्ने लामिछानेले दाबी गर्नुभयो ।

    भ्रष्टाचार अन्त्यको अभियानमा लागेकाले आफूले मुद्दा र घेराबन्दीको व्यहोर्नु परेको उहाँको भनाइ थियो । सरकारले भ्रष्टाचार फाइल खोल्ने गरेपनि आफ्नो मान्छेको नाम आएपछि बन्द गर्ने सभापति लामिछानेको आरोप रहेको थियो ।

    सभापति लामिछानेले भन्नुभयो, ‘‘सरकारले फाइल त खोल्छ, तीन/चार पाना पल्टाएपछि आफ्नै मान्छेको अनुहार आएपछि फाइल बन्द गर्छ ।’’ भ्रष्टाचारको जालो रास्वपाले तोडेरै छाड्ने लामिछानेको उद्घोषक गर्नुभएको थियो ।

    भ्रष्टाचारको अन्त्य गर्ने कदममा जनताले साथ दिएकाले हौसला मिलेको उहाँको भनाइ छ । महिला दिदीबहिनीको अधिकारका लागि लडिरहेको उहाँ बताउनुहुन्छ । महिलालाई र सुरक्षा र सम्मान गर्नुपर्छ भनेर आफ्नो निर्वाचन क्षेत्र चितवनमा महिलाका लागि सार्वजानिक यातायात सेवा दिन ब्लु बस सञ्चालन गरेको बताउनुभयो  । बस पर्याप्त नभएको पनि सुरुवात गरिएको र यसलाई विस्तारै देशैभरि विस्तार गरिने उहाँले बताउनुभयो ।

    पुस ९ गतेदेखि दबाब यात्रा हुने

    यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले बुटवल–नारायणगढ सडक छिट्टो निर्माणमा दबाब दिने उद्देश्यले दबाब यात्रा गर्ने भएको छ । बुटवलसम्मको ११३ किलोमिटर सडक खण्डमा रास्वपाको टोलीले सडकमा हिँडेर यात्रा गर्ने र सर्वसाधारणका गुनासो सुन्ने रास्वपाले जनाएको छ ।

    नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नति पछिल्लो पटक निर्धारित समयमै सक्न दबाब दिने र सो सडकखण्डमा यात्रा गर्दा नागरिकले व्यहोर्नु परेको सास्ती र हैरानीप्रति ध्यानाकर्षण गराउने, सडक आसपासका स्थानीयसँग अन्तरक्रिया गर्ने यात्राको मुख्य लक्ष्य रहेको यात्रा संयोजक तथा रास्वपा केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश सभापति राजन गौतमले जानकारी दिनुभयो ।

    पुस ९ गते गैंडाकोटको पुल्चोकबाट यात्रा सुरुवात हुने उहाँले बताउनुभयो । यात्राको नेतृत्व रास्वपा सभापति लामिछानेले गर्नेछन् । टोलीमा सांसदहरु निशा डाँगी, शिव नेपाली, रास्वपाका सहकोषाध्यक्ष दीपक बोहरासहितका नेताहरु सहभागी हुनेछन् ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend