Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, आफ्नो पक्षलाई नसमेटे विद्रोह गर्ने शेखरको चेतावनी


६, पुस २०८०
  • 146
    SHARES
  • लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, आफ्नो पक्षलाई नसमेटे विद्रोह गर्ने शेखरको चेतावनी

    काठमाडौँ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारलाई लिएर सत्तारुढ नेपाली काँग्रेसभित्र विवाद बढेको छ । शेखर कोइराला–गगन थापा पक्षले मन्त्रिपरिषद्मा आफ्नो पक्षलाई नसमेटे विद्रोह गर्ने चेतावनी मुख्यमन्त्रीलाई दिएका छन् ।

    मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्री थप्न खोजेका छन् । उनले काँग्रेस र माओवादीबाट एक/एक जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

    काँग्रेस स्रोतका अनुसार मुख्यमन्त्री चौधरीले प्युठानका रोज राणा भनेर चिनिने सरोज थापालाई मन्त्री बनाउन लागेका छन् । तर शेखर पक्षले भने नवलपरासी पश्चिमका प्रदेशसभा सदस्य विश्वप्रेम पाठकलाई मन्त्री बनाउन भनेको छ । मुख्यमन्त्रीलाई फोन गरेर सन्तुलित मन्त्रिमण्डल बनाउन सुझाव दिएको काँग्रेस, लुम्बिनीका महामन्त्री विक्रम खनालले बताए ।

    काँग्रेस संसदीय बोर्डका अर्का नेता विष्णु पोखरेलले लुम्बिनी प्रदेशको पार्टी समितिमा संस्थापनइतरको शक्ति ९० प्रतिशत हाराहारी रहेको दाबी गर्दै सरकारमा संस्थापन पक्षबाट एकजना पनि नसमेटिए कोशीमा जस्तै विद्रोह हुने चेतावनी दिए । मुख्यमन्त्रीको सचिवालयले भने पार्टीबाट मन्त्री हुनेको नाममा अन्तिम निर्णय भइनसकेको बताएको छ ।

    लुम्बिनीमा तीन वटा मन्त्रालय खाली छ । चर काँग्रेसको प्रदेश समितिले आर्थिक भार बढ्ने भन्दै १० जनाभन्दा बढी मन्त्री बनाउन मुख्यमन्त्रीलाई निर्देशन दिएको छ ।

    दुई जना मात्र मन्त्री थपिँदा माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री बन्ने सम्भावना छ । काँग्रेसबाट मन्त्री बन्नेले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउने छन् । उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय भने मुख्यमन्त्री चौधरीसँगै नै रहनेछ ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend