Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मगर संघले शनिबार दाङमा वृहत सभा गर्दै


६, पुस २०८०
  • 138
    SHARES
  • मगर संघले शनिबार दाङमा वृहत सभा गर्दै

    बुटवल । नेपाल मगर संघका केन्द्रिय सह अध्यक्ष दल बहादुर विरकट्टाले मगर समुदायवाट निर्वाचित सांसदहरुले मगर भाषा संस्कृतिको रक्षामा गम्भिर नभएको टिप्पणी गरेका छन् ।

    शनिवार लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दांगमा हुने नेपाल मगर संघको बृहत मगर जनसभाको वारेमा जानकारी गराउन शुक्रवार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सह अध्यक्ष विरकट्टाले मगर सांसदहरु मगरहरुको पक्षमा नभएको टिप्पणी गरे । संबिधानमा व्यवस्था भएको कुरालाई कानुन बनाएर कार्यान्वयन गर्न नसक्दा मगर समुदायको हकअधिकार सुरक्षित हुन नसकेको धारणा राखे ।

    उनले पूर्ण समानुपातिक प्रतिनिधित्व, सामथ्र्य र पहिचान सहितको संघियता मगरात प्राप्तीको लागि आन्दालित हुन थप उर्जाशिल हुने संकल्प गदै लुम्बिनी प्रदेशमा मगर र थारु भाषालाई सरकारी कामकाजी भाषाको रुपमा अविलम्ब कार्यान्वयन गराउन दवाव मुलक जनसभा भएको समेत बताए । कार्यक्रममा पत्रकारहरुले राखेको जिज्ञासामा जवाफ दिदै सह अध्यक्ष विरकट्टाले संघियताको मुल मर्म अनुसार काम नहुदा यसको विरुद्धमा आवाज उठन थालेको बताए ।

    संम्बिधानका प्राप्त उपलब्धिहरुको रक्षा गदै आत्मसम्मान सहितको जातीय पहिचानका लागि एक जुट हौं भन्ने मूल नाराका साथ हुने जनसभामा ५० हजार मगर हरुको उपस्थिती हुने आदीवासी जनजाती पत्रकार महासंघका रुपन्देही अध्यक्ष सोनु थापाले दावी गरे ।

    कार्यक्रममा नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष आन बहादुर सोती, सचिव थर्क बहादुर बाह्रघरेले कार्यक्रमको वारेमा प्रकाश पारेका थिए ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend