Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राप्रपाले कोशीमा सभामुख नलिने, सभामुख चयनको प्रक्रिया पछाडि धकेलिँदै


७, पुस २०८०
  • 133
    SHARES
  • राप्रपाले कोशीमा सभामुख नलिने, सभामुख चयनको प्रक्रिया पछाडि धकेलिँदै

    विराटनगर । कोशी प्रदेशमा सभामुख चयनको प्रक्रिया तत्काल अगाडि नबढ्ने भएको छ । राप्रपाका केन्द्रीय नेताहरूका बीचमा कोशीमा सभामुख पद तत्काल नलिने सहमति भएपछि कोशीमा सभामुख चयनको प्रक्रिया पछाडि धकेलिने भएको हो ।

    राप्रपाका महामन्त्री धवल शम्सेर राणाले तत्काल कोशीमा सभामुख नलिने सहमति भएको बताए । उनले कोशीका संसदीय दलका नेताले के भन्नु भयो भन्ने कुरा प्रमुख नभएको बताए ।

    उनले भने, ‘आन्दोलन पनि गर्ने, अनि पदहरू पनि लिँदै जाने हो भने पार्टीको इमान्दारीता माथि प्रश्न उठ्छ । त्यही भएर पदाधिकारीका बीचमा तत्काल सभामुख पद नलिने सहमति भएको छ ।’ उनले राप्रपा निष्ठाको राजनीति गर्ने भएकाले पदका पछि नकुदने बताए । ‘हामी अहिले आन्दोलनको मोर्चामा छौं । आन्दोलन गरिरहेको पार्टी सरकारमा जाने पदहरू पनि लिने कुरा राम्रो होइन ।’ उनले सबै नेताहरूका बीचमा सभामुख पद तत्काल नलिने सहमतिमा पुगेको बताए ।

    पदाधिकारीकाहरुको बैठक शुक्रवार काठमाडौंमा बसेको थियो । बैठकमा सहभागी केही नेताहरूले भने सभामुख लिनु पर्ने बताएका थिए । केही दिन अघि राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले कोशीमा सभामुख पद लिएर अगाडि बढ्ने बताएका थिए । उनले भनेका थिए,‘ सरकारमा नगए पनि सभामुख लिनु पर्छ भन्नेमा पुगेका छौं । हाम्रो तर्फबाट अम्बरबहादुर विष्टलाई सभामुखका लागि अगाडि सारिन्छ ।’ उनले सभामुख लिए पनि सरकारमा भने नजाने स्पष्ट पारेका थिए । साउनको १६ गते तत्कालीन सभामुख बाबुराम गौतमले सभामुखबाट राजीनामा दिए कोशीमा सभामुख पद खाली रहेको छ । गौतमले राजीनामा दिएर नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन मत हालेका थिए ।

    सभामुख पद रिक्त भएपछि उप सभामुख सृजना दनुवारले सभा चलाउँदै आएकी छन् । सभामुख पद खाली भएको विषयमा सदनमै कुरा उठेपछि पुसको पहिलो साताबाट कोशीमा सभामुख चयनको प्रक्रिया सुरु गर्ने दलहरूका बिचमा सहमति भएको थियो ।

    कोशी प्रदेशको सत्तामा रहेका प्रमुख दल नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशीमा राप्रपालाई सभामुख पद दिन आफूहरू तयार भएको बताएका छन् । उनले सत्ता गठबन्धनका बीचमा राप्रपालाई सभामुख दिने सहमति भएको बताए । कोशी प्रदेशमा राप्रपाको ६ सिट रहेको छ । सभामुख दिए सरकारमा पनि आउने भन्दै गठबन्धन दलले राप्रपालाई सभामुख दिने सहमति गरेका थिए । सरकारमा नआए पनि सत्ता गठबन्धनको बहुमत भने पुग्ने छ ।

    सत्ता गठबन्धनसँग अहिले ४७ सिट रहेको छ । सत्ता गठबन्धनकै दलले सभामुख पद लिए उनीहरूसँग मतदानका बेला ४६ सिट मात्रै हुने छ । कोशी प्रदेशमा बहुमतका लागि ४७ सिटको आवश्यकता पर्दछ । सत्ता गठबन्धनको बहुमत गुम्ने भएपछि सभामुख चयनको प्रक्रिया पनि पछाडि धकेलिने देखिएको छ । सत्ता गठबन्धनका एक नेताले भने, ‘राप्रपाले सभामुख नलिने हो भने तत्काल सभामुख चयनको प्रक्रिया सुरु हुँदैन । उप सभामुखले नै सभा चलाउनु हुने छ ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend