Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बालकुमारी घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानविन गर्न सरकारलाई निर्देशन 


१६, पुस २०८०
  • 192
    SHARES
  • बालकुमारी घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानविन गर्न सरकारलाई निर्देशन 

    काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले बालकुमारी घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकामा बारेमा छानविन गर्न सरकारलाई निर्देशन दिएको छ ।

    शुक्रबार भएको बालकुमारी घटनामा दुई युवाको मृत्यु भएपछि सोमबार सिंहदरबारमा सरोकारवाला निकायसंग छलफल गर्दै समितिले उक्त घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन दिएको छ ।

    त्यस्तै बैठकले मृतकका परिवारलाई क्षतिपूर्तिको थप व्यवस्था गर्न पनि निर्देशन छ भने मृतकका परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्न निर्देशन दिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो ।

    बैठकले साना कर्मचारी मात्र निलम्बन हुने र अरु उम्किने अवस्था सिर्जना नहुनका लागि र काम गर्नेहरुको मनोबल पनि नगिर्ने गरि समस्याको समाधान गर्न न्यायोचित काम गर्न निर्देशन दिएको उहाँले बताउनुभयो । 

    त्यस्तै समिति बैठकले आगामी दिनमा यस्ता घटना हुन नदिन सजक रहन प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै सुरक्षा निकायलाई प्रयाप्त आवश्यक स्रोत साधन उपलव्ध गराउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ । 

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend