Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा इन्जिनियर गुप्ता दोषी ठहर


१८, पुस २०८०
  • 134
    SHARES
  • गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा इन्जिनियर गुप्ता दोषी ठहर

    काठमाडौँ । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अवकाशप्राप्त इञ्जिनियर काशीप्रसाद गुप्तालाई दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले गुप्तालाई ९ महिना कैद हुने फैसला गरेको हो ।

    १६ करोड ७२ लाख रुपैयाँ गैरकानूनी आर्जन गरेको अभियोग लागेका उनलाई विशेष अदालतले २ करोड १६ लाख गैरकानुनी आर्जन गरेका ठहर गर्दै त्यति सम्पत्ति जफत गर्न आदेश दिएको छ । थप २ करोड १६ लाख रुपैयाँ जरिवाना हुने आदेशसमेत गरेको विशेष अदालतले जनाएको छ ।

    २५ भदौ २०७७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरी विकास तथा भवन निर्माण विभागका अवकाशप्राप्त सिनियर डिभिजनल इञ्जिनियर काशीप्रसाद गुप्ता र उनकी पत्नी मिता गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    अख्तियारले उनीहरूको सम्पत्ति लुकाएको आरोपमा अन्जुकुमारी महतो, उदितनारायण प्रसाद रौनियार, चन्देश्वर महतो, धीरजकुमार गुप्ता, प्रितिकुमारी गुप्ता, डा. रचनाप्रसाद शाह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगीता साह रौनियार र सन्तोषकुमार गुप्ता विरुद्ध समेत मुद्दा दायर गरेको थियो ।काशीबाहेक अरु आरोपितले सफाइ पाएका छन् ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend