Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इन्जिनियर पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२२, पुस २०८०
  • 169
    SHARES
  • इन्जिनियर पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब-इन्जिनियर विजया लक्ष्मी पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घुस-रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपमा पक्राउ परेकी चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ को कार्यालय नयाँ नैकापमा कार्यरत पन्तविरुद्ध मुद्दा दायर गरिएको हो ।

    सब-इन्जिनियर पन्तले भवन निर्माण सम्पन्न भएको प्रमाण-पत्र दिने क्रममा सेवाग्राहीसँग दिएको घुस-रिसवतसहित टंगालबाट खटी गएको टोलीले नियन्त्रणमा लिइएको थियो।

    सम्बन्धित समाचार : घुस रकमसहित इन्जिनियर अख्तियारको नियन्त्रणमा

    पन्तले सेवाग्राहीसँग भवन निर्माण सम्पन्न प्रमाणपत्र दिनको लागि घुस-रिसवत माग गरी पच्चीस हजार रुपैयाँ लिएको अख्तियारको दाबी छ ।

    सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार पन्तलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा पच्चीस हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजायगरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवानाको सजाय हुन मागवादी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend