Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्रियसभा सदस्य : गण्डकीमा तीन ‘सिट’मा निर्वाचन


२३, पुस २०८०
  • 159
    SHARES
  • राष्ट्रियसभा सदस्य : गण्डकीमा तीन ‘सिट’मा निर्वाचन

    कास्की । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा अन्य, महिला र अपाङ्गता र अल्पसङ्ख्यक समूहबाट एक/एक जना निर्वाचित हुनुहुनेछ ।

    यसका लागि प्रमुख राजनीतिक दलहरुले उम्मेदवारको अन्तिम टुङ्गो लगाइसकेका छन् ।  गण्डकीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अन्य र अपाङ्गता रअल्पसङ्ख्यक समूहमा उम्मेदवारी दिँदैछ भने नेकपा (माओवादी केन्द)ले महिलातर्फ उम्मेदवारी दिने गरी सिट बाँडफाँट गरेको जनाइएको छ । 

    कांग्रेसले गोरखाका किरणबाबु श्रेष्ठलाई अन्य समूह र तनहुँका पदमबहादुर परियारलाई अपाङ्गता रअल्पसङ्ख्यकमा उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले पर्वतका मनरुपा शर्मालाई महिलातर्फ उम्मेदवार तय गरेको छ । 

    यसैगरी नेकपा (एमाले)ले गण्डकीमा अन्यबाट स्याङ्जाका चक्रबहादुर पराजुली, महिलामा गोरखाका सम्झना देवकोटा र अल्पसङ्ख्यकबाट मुस्ताङका हेमन्द्र शेरचनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    गण्डकीमा राष्ट्रियसभाका अध्यक्षसमेत रहनुभएका गणेशप्रसाद तिमिल्सिना, राष्ट्रियसभा सदस्यद्वय दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिन लागेकाले चुनाव हुन लागेको छ ।

    तिमिल्सिना अन्य, गुरुङ महिला र पन्थ अपाङ्गतारअल्पसङ्ख्यक समूहबाट निर्वाचित हुनुभएको थियो । अध्यक्ष तिमिल्सिना र गुरुङ नेकपा(एमाले) र पन्थ कांग्रेसबाट राष्ट्रियसभामा निर्वाचित हुनुभएको थियो ।

    आगामी माघ ११ गते हुने निर्वाचनमा गण्डकी प्रदेशमा प्रदेशसभाका ६० र स्थानीयतहका प्रमुख÷उपप्रमुख एक सय ७० गरी दुई सय ३० जना मतदाता छन् ।

    निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका  प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कूल छ हजार चार सय १० मतभार छ ।

    प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका प्रदेशसभाका २७ र स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी ६७  मतदाता रहेका छन् । कांग्रेसको कूल मतभार दुई हजार सात सय चार रहेको छ ।

    नेकपा एमालेका २२ प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी  ६८ जना रहेका छन् । एमालेको जम्मा मत भार दुई हजार चार सय ५८ हुन आउँछ । 

    यसैगरी माओवादी केन्द्रका प्रदेशसभा सदस्य आठ र स्थानीय तहका प्रमुख र उपप्रमुख ३० गरी कूल नौ सय ९४ मतभार छ । प्रदेशमा एकीकृत समाजवादीका एक प्रदेश सभा सदस्य र एक नगर प्रमुख गरी समाजवादीसँग ७२ मत भार छ । 

    गण्डकी प्रदेशसभामा दुई सदस्य रहेको राप्रपाको एक सय छ मत भार छ । राष्ट्रिय जनमोर्चाको स्थानीय तहका प्रमुखरउपप्रमुख गरी तीन  रहेकाले ५७ मतभार छ ।  मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्रबाट जित्नुभएको हो । उहाँको मतभार १९ छ । 

    तयारी पूरा 

    राष्ट्रियसभा सदस्य निर्वाचन–२०८० अन्तर्गत गण्डकी प्रदेशमा तीन सिटमा हुने चुनावको आज उम्मेदवारी मनोनयन दर्ताको तयारीका सबै काम पूरा भएको छ ।

    मतदाताको अन्तिम नामावली प्रकाशनलगायत मनोनयन दर्ताका लागि आवश्यक सबै तयारीका काम सम्पन्न गरेर तयारी अवस्थामा रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा आज  बिहान १० बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । “उम्मेदवारको मनोनयन दर्ताका लागि आवश्यक काम सम्पन्न गरेर तयारी अवस्थामा बसेका छौँ”, उहाँले भन्नुभयो । 

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend