Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रामबहादुर बमजनलाई लगियो अदालत


२६, पुस २०८०
  • 157
    SHARES
  • रामबहादुर बमजनलाई लगियो अदालत

    काठमाडौँ । तपश्वी रामबहादुर बमजनलाई जिल्ला अदालत सर्लाहीमा लगिएको छ। बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले बमजनलाई म्याद थप गर्नको लागि अदालतमा लगिएको हो।

    सर्लाहीकी रिता बोटेलाई बेपत्ता बनाएको आरोप उनीमाथि छ। बमजनविरूद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो।

    केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले मंगलबार राति साढे ७ बजे बुढानीलकण्ठ नगरपालिका-६ हात्तिगौडास्थित उनको घरबाट पक्राउ गरेको थियो।

    लामो समयदेखि फरार रहेका बमजनलाई सिआइबीका डिएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले मंगलबार पक्राउ गरेको हो।

    उनलाई बिहीबार सिआइबीले सार्वजनिक गरेको थियो। बुधवार नै हवाई माध्यम मार्फत लग्ने प्रयास प्रहरीको थियो। तर टिकट नपाएपछि स्थलमार्गमार्फत राति सर्लाही पुर्‍याइएको थियो।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend