Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जलहरी प्रकरणमा मुछिएका निलम्बित सदस्य सचिव थापासँग अदालतले माग्यो ३ लाख धरौटी


२, माघ २०८०
  • 139
    SHARES
  • जलहरी प्रकरणमा मुछिएका निलम्बित सदस्य सचिव थापासँग अदालतले माग्यो ३ लाख धरौटी

    काठमाडौं। विशेष अदालतले पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापासँग ३ लाख धरौटी माग गरेको छ । विशेष अदालतका सदस्यहरु डा.खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले डेढ किलो सुन हिनामिना गरेको आरोप लागेका तत्कालिन कोषाध्यक्ष समेत रहेका मिलन थापासँग ३ लाख रुपैयाँ धरौटी मागेको हो ।

    अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको भनी कोषका सदस्य सचिव थापा सहित अघिल्ला सदस्य सचिव डा. प्रदिप ढकाल र विशेष नाइके अरुण श्रेष्ठ विरुद्ध १ करोड १७ लाख रुपैयाँ विगो मागदाबी गरी विशेष अदालतमा मुद्दा चलाएको थियो ।

    पशुपतिनाथको जलहरीमा सुन हिनामिना भएकोबारे महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको थियो। उक्त विषयलाई लिएर संसदमा छानबिन हुनुपर्ने माग उठेको थियो। त्यसपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जलहरी झिकेर सुन तौलेको थियो।

    सुनको जलहरी बनाउने जस्तो संवेदनशील विषयमा सम्बन्धित आधिकारिक ज्ञान भएको विज्ञ व्यक्तिसँग जलहरी निर्माणको कार्य अगाडि बढाउनुपर्नेमा उनीहरूले सो नगरेको अख्तियारको ठहर छ।

    सुनसम्बन्धी काम गर्नसक्ने सम्बन्धित निकायबाट इजाजत नलिइएको,अनाधिकृत व्यक्तिमार्फत् कालिगढको रुपमा काम लगाइ सुनको जलहरी निर्माण कार्यलाई अगाडि बढाइएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

    उनीहरूले जलहरी निर्माणका क्रममा १४९१.७१८ ग्राम सुन हिनामिना गरेको र सो सुनको नेपाल राष्ट्र बैंकसँग किनेको मूल्यमा पर्न आउने मूल्य १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ विगो मागदाबी गरी विशेष अदालतमा मुद्दा चलाएको थियो ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend