Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बैंक, वित्तिय संस्थाहरुको अन्याय हेरेर बस्न सक्दैनौंः दुर्गा प्रसाईं


९, माघ २०८०
  • 154
    SHARES
  • बैंक, वित्तिय संस्थाहरुको अन्याय हेरेर बस्न सक्दैनौंः दुर्गा प्रसाईं

    बुटवल । राष्ट्र, राष्ट्रिय, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान अध्यक्ष दुर्गा प्रसाईले आगामी फागुन १ गते आफुहरुको जीवन कि, मृत्यु भनेर उद्घोष गरेका छन् । लुम्बिनी अञ्चल समितिले मंगलवार बुटवलको ट्राफिक चोकमा आयोजना गरेको लुम्बिनी अञ्चल बृहत आमसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै ५४ मिनेट बोलेका प्रसाईले खाडी मुलुकमा गएर गरिव जनताहरुले पठाएको पैसा सहकारी, वित्तिय संस्थाबाट तस्करहरुले लुटिरहेको अन्यायलाई अब टुलुटुलु हरेर बस्न नसकिने भन्दै राष्ट्र, राष्ट्रिय, धर्म संस्कृति र नागरिक बचाउ आजको आवश्यक्ता रहेको औल्याए ।

    आफु एक क्यान्सर पीडित भएको बताउँदै संसद भवन अगाडि इलामका प्रेमले गरेको आत्मदाह, झापाको कचलमा तीन जना महिला दिदीबहिनीहरुले सहकारीको ऋणले गर्दा एउटै रुखमा झुण्डिएको घटनाले अब नेपालीहरुलाई मुक्ती दिलाउनु पर्छ भनेर आफु घरपरिवार छाडेर युद्धमा होमिएको बताउँदै १६ जना तस्कर मारवाडीहरुले देशमा सुन, हिरा, पैसा, सुपारी र रक्तचन्दन लगायतको तस्करी गर्दै आएको उल्लेख गरे ।

    सहकारी, वित्तिय र बैंकहरुले जनतालाई ऋण लिएको दिनदेखि २८ दिनको महिना, १३ महिनाको एक बर्ष बनाएर जनतासँग लुटिरहेका छन् । नेपाल र नेपालीमाथि राजनितीक दलहरुले नै बिखण्डनकारी बनाए । राज्यलाई टुक्राटुक्रा वनाएर सात वटा प्रदेशमा विभाजन गराए, धर्म निरपेक्षता घोषण गरेर धर्ममाथि हमला गरियो । त्यहि दिनदेखि नेपाल र नेपालीमाथि कुठराघात भएको हो । त्यसका असरहरु आज हामीहरु भोग्दै आएका छौं । बजारका उद्योगी, व्यवसायीका सटरहरु दैनिक बन्द हुँदै गएका छन् ।

    आफ्नो समयको आधा समय समस्याका बारेमा खर्चिएका प्रसाईले बाँकी एमालेमाथि आक्रमक रुपमा खन्निए भने अन्तिममा माओवादी केन्द्रलाई समेत छाडेनन् । रुपन्देहीको सैनामैनामा एमालेले उपाध्यक्ष तथा रुपन्देही क्षेत्र न २ का प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले सुकुम्वासीलाई लालपुर्जा बाँडे भनेर नक्कली लालपुर्जा बाँडेको भन्दै लालपुर्जाको प्रति कार्यक्रमको स्टेजबाटै सार्वजनिक गरे ।

    उनले नेता पौडेलललाई भने जनतालाई नक्कली पुर्जा बाँडेर कतिञ्जेलसम्म राजनीति गर्ने हो ? भनि प्रश्न गरे । कार्यक्रममा उनले एमालेले सरकार सञ्चालन गर्दा जनकपुर रेल, सहकारी, वित्तिय लगायतमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाए ।

    त्यहि कुरा म सत्य बोल्दै हिँडेको सहन नसकेर एमालेको नेता महेश वस्नेत भन्ने खन्निएको हो । मलाई केही फरक पर्दैन । उता नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका बारेमा आफुलाई एक भारतीय नेताले भनेको दावी गर्दै भने, तिमिहरुका प्रधानमन्त्री प्रचण्ड जो आफुलाई सच्चा कम्युनिस्ट भन्छन्, भारत भ्रमणको क्रममा उनलाई निधारमा चन्दन टीका, रुद्राक्ष लगाएर पुजाअर्चना गरेको र नेपाल फर्किने बेला भैंसी लिएर पठाएको बताउँदै नेपाली बाबू तिमीहरुको प्रधानमन्त्रीको हैसियत नै त्यहि थियो । किनभने उनी न कम्युनिस्ट होइनन् । त्यस्ता व्यक्ति प्रधानमन्त्री हुँदा नेपालको हालत के हुन्छ भनेर भनेको सुनाए ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend