Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘हात्तीछाप’ को ट्रेलरमा प्रेम, कमेडीदेखि भूकम्पको कथासम्म(भिडियोसहित)


१०, माघ २०८०
  • 172
    SHARES
  • ‘हात्तीछाप’ को ट्रेलरमा प्रेम, कमेडीदेखि भूकम्पको कथासम्म(भिडियोसहित)

    काठमाडौँ । माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई स्थान दिइएको छ ।

    फिल्मको ट्रेलरमा भूकम्पको कथादेखि राजनीतिक कथालाई समेत जोडिएको छ । नायक सौगात मल्लको ‘बोतल राजा’ को गेटअपसमेत देख्न सकिन्छ । 

    किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविन बास्तोला लगायतका कलाकारको अभिनय छ ।

    प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा सुशन प्रजापतिको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, देव महर्जनको एक्सन, आर्टमान्डुको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

    रेड बर्ड प्रोडक्शनको ब्यानरमा बनेको फिल्मका प्रोडक्शन हेड सुरज आचार्य हुन् । पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

    फिल्मका प्रस्तुतकर्ता किरणले दया, सौगात र उपासनालाई नै लिएर फिल्म ‘२ नम्बरी’ बनाएका थिए । जुन, बक्स अफिसमा सुपरहिट भएको थियो । फिल्म ‘हात्तीछाप’ ले पनि बक्स अफिसमा सुखद कमाई गर्ने उनी बताउँछन् । 

     

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend