दाङ । लुम्बिनीमा १२ बजेर ४० मिनेट जाँदा ८८ प्रतिशत मत झरेको निर्वाचन क्षेत्र न. ख कि प्रमुख एवं दाङकी सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले जनाउनुभएको छ ।
बिहान ९ बजेदेखि शुरु भएको राष्ट्रियसभा निर्वाचनको मतदान गर्ने क्रम जारी रहेको छ । कडा सुरक्षाका साथ गरिएको निर्वाचन सोहार्दपूर्ण रुपमा चलिरहेको लुम्बिनी प्रदेश प्रहरी प्रमुखको कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रदेशका एक सय ९ पालिकाका दुई सय १८ जना जनप्रतिनिधि र प्रदेशका ८७ जना सांसदहरु गरि कुल तीन सय पाँच जनाले मतदान गर्ने प्रदेश निर्वाचन आयोगले जनाएको छ ।
लुम्बिनीका मुख्यमन्त्री डिल्लीवहादुर चौधरीले पहिलो मतदान गरेर शुरु भएको मतदानमा हालसम्म २ सय ५६ जनाले मतदान गरिसकेको र बाँकी ४९ जनाले मतदान गर्न बाँकी रहेको बताउनुभएको छ ।