दाङ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनमा ३०३ मत खसेको छ । जसमध्ये प्रदेशसभाबाट सबै ८७ मत र स्थानिय तहबाट २१८ मत मध्ये २१६ मत खसेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले जानकारी दिनुभयो।
दुई मत खस्न बाँकी रहेकामा मतदानको समय ३ बजे सम्म रहेपनि बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवि श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय आउननसक्ने जानकारी गराएपछि मतदानसम्बन्धी सम्पूर्ण काम सम्पन्न भएको निर्वाचन अधिकृत पाण्डेयले बताउनुभयोे ।
दुई सिटका लागि भएको निर्वाचनमा ८७ प्रदेश सभा सदस्य र दुई १८ स्थानीय तहका प्रमुख उपप्रमुख गरी तीन सय पाँच मतदाता थिए भने छ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । अबको केही बेरमा मत गणना थालिने उहाँले जानकारी दिनुभयो ।
कडा सुरक्षाका साथ गरिएको निर्वाचन सोहार्दपूर्ण रुपमा सम्पन्न भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुखको कार्यालय तुलसीपुरले जनाएको छ ।
निर्वाचन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीवहादुर चौधरीले पहिलो मतदान गरेर शुरु भएको थियो ।




