Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पहिलोपटक मिसेस नेपाल क्यानडामा सम्पन्न


१८, माघ २०८०
  • 279
    SHARES
  • पहिलोपटक मिसेस नेपाल क्यानडामा सम्पन्न

    काठमाडौँ । क्यानाडाको इतिहासमै पहिलोपटक भव्यता साथ मिसेस नेपाल क्यानडा सम्पन्न भएको छ। महिला शिक्षा तथा क्षमता बिकास समुह क्यानाडा र नेप्लिज फेसन होम नेपालको संयुक्त आयोजनामा क्यानाडामै पहिलोपटक क्यानडामा बस्दै आएका बिबाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल क्यानडा भव्यरुपमा सम्पन्न भएको हो। 

    क्यानडाको ब्रयमटम इस्प्रेनजा ब्याक्वेट हलमा सम्पन्न प्रतियोगितामा सृष्टि श्रेष्ठ मिसेस नेपाल क्यानडाको ताज चुम्न सफल भएकी छिन्। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट ६ जनालाई सोधिएको संसारमा केको कमी छ भन्ने निर्णायक प्रश्नमा आजको संसारमा अरुको भावना र अनुभवलाई महशुस गर्ने क्षमताको कमी छ। 

    हामी एक अर्काको अन्तरसम्बन्ध नै विभाजित हुँदै गरेको संसारमा बस्छौं। हिजोआज जहाँ समझदारी र करुणा धेरै पछाडी छ। समानुभूतिको संस्कृतिलाई बढावा दिएर हामीले एउटा यस्तो ठाउँको सिर्जना गर्नुपर्छ, जहाँ सबैले सुन्न, बुझन र स्वीकार गर्न, महसुस गर्न सकोस् भन्ने सटिक जवाफ दिँदै सृष्टीले प्रमूख उपाधिको ताज चुमेकी थिइन्। उनले प्रमूख उपाधिका साथमा सिमेस फ्रेन्डसीपको उपउपाधिलाई पनि  आफनो बनाएकी छन्। 
     
    क्यानडाका विभिन्न शहरमा बस्दै आएका १० विवाहित सुन्दरीले अन्तिम प्रतिस्पर्धा गर्ने अवसर पाएको प्रतियोगितामा अलिशा राजभण्डारी फस्ट रनर्सअपका साथमा फोटोजेनिक र रश्मी थापा मगर सेकेन्ड रनर्सअप भएका छन्।

    क्यानडावासी खचाखच नेपालीले भरिएको हलमा चमक दमकका साथ सम्पन्न प्रतियोगितामा येमी कर्माचार्य ट्यालेन्टेट र श्याम लिम्बु पब्लिक च्वाईस अवार्ड विजेता भए।

    नमुना फेसन कलेजले तयार पारेको सुन्दर डिजाइनर पोसाकमा सजिएर र्‍याम्पमा प्रस्तुत भएका सुन्दरीहरुलाई कार्यक्रमका सहभागीहरुले भव्य ताली र हुटिङबाट स्वागत र प्रोत्साहित गरेका थिए।

    नेपालका लागि क्यानडाकी कार्यबाहाक राजदुत रोजिना ताम्राकारको प्रमूख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा प्रोफेसर निरा शर्मा, डा.संगिता धौबडेल, सुभेक्षा भट्ट र निलु केशरी निर्णायक रहेका थिए।

    कार्यक्रममा महिला शिक्षा तथा क्षमता बिकास समुह क्यानाडाकी अध्यक्ष चन्दा श्रेष्ठले क्यानडामा रहेका विबाहित सुन्दरीहरुलाई एकत्रित गर्दै उनीहरुमा महिला सशक्तिकरण, आत्मविश्वास अभिवृद्धी र अन्र्तनिहित प्रतिभा प्रदर्शन गर्नका लागि मिसेस नेपाल क्यानडाको शुरुवात गरिएको बताइन्।

    त्यस्तै नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले यही प्रतियोगिताबाट आफनो संस्थाको अन्तराष्ट्रिय प्रतियोगिताको थालनी भएको बताइन्। उनले यो प्रतियोगिता हरेक वर्ष आयोजना गरिने जानकारी पनि गराइन्।3.jpg

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend