Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

१६ वर्षपछि उर्मिलाको कमब्याक


२२, माघ २०८०
  • 229
    SHARES
  • १६ वर्षपछि उर्मिलाको कमब्याक

    काठमाडौँ । बलिउड अभिनेत्री उर्मिला मातोन्डकरले करिब १६ बर्षपछि वेभसिरिजमार्फत अभिनयमा कमब्याक गर्न लागेकी छन् । अब १६ वर्षपछि उर्मिलाले ओटीटी मार्फत अभिनयमा पुनरागमन गर्ने मौका पाएकी हुन् । उनी २०२४ मा वेबसिरिज तिवारीमा देखिनेछिन् ।

    मिडिया रिपोर्टका अनुसार उर्मिलाको यो सिरिज आमा र छोरीको भावनात्मक सम्बन्धमा आधारित छ । फिल्मको कथा एउटा सानो सहरमा आधारित छ, जसमा उर्मिलाको एक्सन अवतार पनि देखिनेछ । हाल ५० बर्षिय उर्मिला ९० को दशककी शीर्ष अभिनेत्री हुन् ।

    उनले जुदाई, रंगीला, सत्य, भूत, कौन जस्ता धेरै उत्कृष्ट फिल्महरूमा काम गरेकी छन् । उनको नाम त्यतिबेलाको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा रहेको थियो । उनले नायकभन्दा धेरै पारिश्रमिक लिएकी थिइन् । शीर्ष स्थानमा रहे पनि उर्मिलाको जीवनमा यस्तो मोड आयो जब उनले फिल्म उद्योगमा काम पाउन छोडिन । बिस्तारै उर्मिलाको करियर खस्कदै गयो ।

    वास्तवमा यसको पछाडिको कारण थियो उर्मिलाको जिद्दी जुन पछि उनीमाथि बोझ सावित भयो । २०१९ मा उनले राजनीतिमा जम्ने प्रयास गरेपनि त्यो सफल हुन सकेन। उर्मिलाको मुख्य अभिनेत्रीको रूपमा अन्तिम फिल्म २००८ मा रिलिज भएको ‘ईएमआई’ थियो । यसपछि उनले चलचित्रमा स–साना क्यामियो गरिन् तर नायिकाको रुपमा कुनै चलचित्र भने पाइनन् ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend