Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी कांग्रेसद्धारा मुख्यमन्त्री चौधरीलाई १४ बुँदे ज्ञापनपत्र 


२३, माघ २०८०
  • 251
    SHARES
  • लुम्बिनी कांग्रेसद्धारा मुख्यमन्त्री चौधरीलाई १४ बुँदे ज्ञापनपत्र 

    देउखुरी । लुम्बिनी कांग्रेसले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई जनताका समस्यामा ध्यान दिएर काम गर्न सुझावसहितको ज्ञापनपत्र बुझाएको छ ।

    समुदायमा कांग्रेस अभियान सञ्चालन गरेको बेला स्थानीयले लुम्बिनीमा कांग्रेस नेतृत्वको सरकारबाट विकासको अपेक्षा धेरै गरेकोले क्रमागत बजेट सुनिश्चितता गर्न माग गरिएको छ । 

    लुम्बिनीमा खटिएका कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला नेतृत्वमा लुम्बिनी कांग्रेस उपसभापति भुवन श्रेष्ठ, महामन्त्री विक्रम खनाल लगायतको टोलीले बिहीबार ज्ञापनपत्र बुझाउँदै प्रदेश निजामती नियमावली र स्थानीय सरकार अन्तरगत स्थानीय सेवा तत्काल ल्याउन, सडक, खानेपानी, सिँचाइ, रोजगारी, स्थानीय शिक्षा र सुशासनको व्यवस्था गर्न माग गरिएको छ ।

    त्यस्तै रोजगारी खोज्दै युवाहरू धेरै विदेशिएकाले उद्यमशील विकास, रोजगारीमुलक तालिम, निर्ब्याजी ऋण र उत्पादनको सामाग्रीको बजार व्यवस्थापन, प्युठान, अर्घाखाँची लगायतका जिल्लामा सञ्चालित एक घर, एक घर खानेपानी योजनामा काम भएको रकम भुक्तानी, सिँचाइको व्यवस्था गर्नुपर्ने, जंगली जनावर नियन्त्रण गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

    अर्घाखाँचीको पाणिनि गाउँपालिका पोखराथोकस्थित शिवशक्ति शीतभण्डारमा कुहिएका सुन्तलाको क्षतिपूर्ति, पहाडी जिल्लाका जीर्ण क्याम्पस भवनको मर्मत र प्रध्यापकलाई तलब व्यवस्था गर्न तथा लुम्बिनीमा सञ्चालित मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिन भनिएको छ । 

    पाल्पाको रानीमहल, भगवती मन्दिर लगायतको संरक्षण गरि प्रचारप्रसार र गुल्मीको मुसिकोटमा निर्माणाधीन पुल बारम्बार भत्किएको, खोलाले बगाएकाले मर्मतको सुनिश्चितता गर्न भनिएको छ ।

    त्यस्तै साना तथा मझौला उद्योगीहरूलाई प्रोत्साहन गरी बिना झन्झट व्यापार, व्यवसाय गर्ने वातावरण र रूकुमपूर्वमा द्वन्द्वकालमा लुटिएका सामाग्री फिर्ता गराउन, बैंकबाट लुटिएका सामानको क्षतिपूर्ति गर्न भनिएको छ ।

    कांग्रेस नेतृ संग्रौलाको नेतृत्वमा लुम्बिनीका कपिलवस्तु, गुल्मी, रूकुमपूर्व, बर्दिया, प्युठान र नवलपरासी जिल्लामा समुदायसँग पुगेर सुझाव लिइएको ज्ञापनपत्रमा उल्लेख छ ।

    ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री चौधरीले प्रदेश सरकार दिइएको सुझाव अनुसार अगाडि बढेको र जनताको पक्षमा काम भैरहेको बताउनुभयो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend