Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कन्सर्टका लागि काठमाडौं आउँदै बलिउड गायक आतिफ असलम


२३, माघ २०८०
  • 285
    SHARES
  • कन्सर्टका लागि काठमाडौं आउँदै बलिउड गायक आतिफ असलम

    काठमाडौं । सांगीतिक प्रस्तुतिका लागि चर्चित पाकिस्तानी तथा बलिउड गायक आतिफ असलम नेपाल आउने भएका छन् ।आगामी चैत ३० गते नेपाली नयाँवर्षको पूर्वसन्ध्यामा उनले काठमाडौंको हायात रिजेन्सीको मैदानमा प्रस्तुति दिन लागेका हुन् ।

    ट्यारिस इन्टरटेनमेन्ट र एमजे प्रोडक्सनले उनलाई कन्सर्टका लागि नेपाल ल्याउन लागेका हुन् । कम्पनीका सीईओ जितबहादुर लामाले अर्का एक चर्चित भारतीय कलाकार पनि नेपाल आउन लागेको बताए । यो घोषणा केही दिनमा गरिने जनाइएको छ ।

    चैत २९ गते नेपाल आइपुग्ने गायक असलमले कन्सर्टसँगै नेपालको पर्वतीय उडान र नेपालका सम्पदा भ्रमण गर्ने कार्यक्रम छ । ‘कन्सर्टका लागि अत्याधुनिक ध्वनि उपकरण पनि विदेशबाट आउनेछ । व्यवस्थित ढंगले कन्सर्ट हुनेछ,’ लामाले भने, ‘अर्का एक इण्डियन आर्टिस्ट पनि आउनुहुनेछ ।’

    यो कन्सर्टको टिकट पार्टनरको रुपमा खल्ती डिजिटल वालेट रहेको छ । आतिफको यो दोस्रो नेपाल कन्सर्ट हुनेछ । यसअघि सन् २०१२ मा पनि काठमाडौंको दशरथ रंगशालामा सांगीतिक प्रस्तुति दिएका थिए ।

    चैत ३० र वैशाख १ गते हुने कार्यक्रममा नेपाली कलाकारले पनि कन्सर्ट प्रस्तुत गर्ने भएका छन् । नयाँ वर्षको पहिलो दिन फुड फेस्टिभल पनि हुने भएको छ । सात वर्ष लामो ग्यापपछि आतिफ असलमले बलिउडमा पुनरागमन गर्न लागेको खबर गत साता सार्वजनिक भएको थियो ।

     

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend