Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आजबाट ‘कमेडी च्याम्पियन सिजन–३’ प्रसारण 


३, फागुन २०८०
  • 224
    SHARES
  • आजबाट ‘कमेडी च्याम्पियन सिजन–३’ प्रसारण 

    काठमाडौँ । स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–३’ आज(बिहीबार)बाट प्रसारणमा आउने भएको छ ।

    शोमा निर्णायक मध्यका एक प्रदीप भट्टराईले शोको एक पोस्टर शेयर गर्दै आजबाट प्रसारमा आउने जानकारी दिएका हुन् ।

    हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुने शो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ । शोको डिजिटल अडिसनमा करिब दुई हजारले सहभागिता जनाएका थिए । त्यसबाट सात सय छनोट गरिएको थियो । 

    सात सयबाट १३२ जनालाई प्रि–जजिङमा सहभागी थिए । ७६ जनाले निर्णायक अगाडि प्रस्तुति दिएका थिए ।त्यसमध्ये २४ जना छनोट भएका छन् । यहि २४ जनाबीचको रोमाञ्चक प्रतिस्पर्धा अबको शोमा हुनेछ । 

    विशाल भण्डारी निर्देशक रहेको शोमा प्रदीपको अलावा सन्तोष पन्त, मनोज गजुरेल र ऋचा शर्मा निर्णायक रहेका छन् । शोको होस्ट रीमा विश्वकर्मा र मेक्सम गौंडेल रहनेछन् । शो घोषणा बुधबार राजधानीमा एक कार्यक्रमका बिच हुँदै छ ।

    ‘कमेडी च्याम्पियन’को सिजन–१ को विजेता हिमेश पन्त हुन् भने दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए ।हिमेश राजनीतिमा पनि सक्रिय छन् । 

     

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend