Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा ३’ निर्माण हुने


७, फागुन २०८०
  • 306
    SHARES
  • अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा ३’ निर्माण हुने

    काठमाडौं । चर्चित भारतीय अभिनेता अल्लु अर्जुनका फ्यानलाई खुसीको खबर । उनी अभिनित फिल्म ‘पुष्पा’को तेस्रो श्रृंखला निर्माण हुने भएको छ ।

    दोस्रो भाग रिलिज हुन केही महिना बाँकी रहँदा अभिनेताले तेस्रो सिक्वेल आउने खुलासा गरेका छन् । जर्मनीमा जारी बर्लिन फिल्म फेस्टिभलमा पुगेका अल्लुले ‘पुष्पा’को थप श्रृंखला बनाउने तयारीमा आफूहरु रहेको बताए ।दोस्रो भाग भने १५ अगस्टमा रिलिज तयारीमा छ ।

    फेस्टिभलमा फ्यानसँग अभिनेताले अन्तरक्रिया गरेका थिए । हलिउड म्यागजिन भेराइटीसँगको एक अन्तर्वार्तामा अल्लुले भने, ‘तपाई पक्कै पनि तेस्रो भागको आशा गर्न सक्नुहुन्छ । हामी यसलाई फ्रेन्चाइजी बनाउन चाहन्छौं र हामीसँग लाइनअपका लागि रोमाञ्चक विचार छन् ।’

    उनले अगाडि भने, ‘म यो फिल्मलाई विदेशमा रहेका मानिसले भारतीय सिनेमालाई कसरी हेर्छन् भनेर बुझ्ने प्रयास गर्न चाहन्छु । साथै, फिल्म फेस्टिभल कस्तो हुन्छन्, कस्तो किसिमका फिल्म हेरिन्छन् र त्यहाँ आउने मानिसको कस्तो मानसिकता छ भन्ने बुझ्न चाहन्छु ।’

    उनले फिल्मको दोस्रो भागबारे पनि केही चर्चा गरे । ‘पुष्पा २ मा तपाईंले पुष्पा १ मा देखेको भन्दा धेरै भिन्न कुरा देख्नुहुनेछ । चरित्रको हिसाबले, स्केल र प्रस्तुतीकरणको हिसाबले यसको क्यानभास बृहत हुनेछ,’ अल्लुले भने, ‘तुलना गर्दा यो पुष्पा १ भन्दा भव्य हुनेछ र चरित्रको आयाम फरक छ ।’

    सुकुमार निर्देशित ‘पुष्पा स् द रुल’मा अल्लु अर्जुन पुष्पराज, रश्मिका मन्दाना उनकी पत्नी श्रीवल्ली र फहद फासिल भंवर सिंह शेखावतको भूमिकामा छन् ।

    सन् २०२१ मा रिलिज भएको फिल्मको पहिलो भाग ब्लकबस्टर भएको थियो । भारतमा मात्रै नभई अन्य देशबाट पनि फिल्मले धेरै माया पाएको थियो, फिल्मका संवाद र गीत सामाजिक सञ्जालमा निकै चर्चित बनेका थिए ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend