Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

डिग्री माइलाको टिजर रिलिज(भिडियोसहित)


८, फागुन २०८०
  • 224
    SHARES
  • डिग्री माइलाको टिजर रिलिज(भिडियोसहित)

    काठमाडौँ । रामबाबु गुरुङ निर्देशित डिग्री माइलाको टिजर रिलिज भएको छ । सार्वजनिक टिजरमा शीर्ष पात्र डिग्री माइला बनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षकका लागि अंग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ ।

    टिजरमा दयाहाङलाई आँचलसँग गीतमा रोमान्टिक हुँदै गरेको देख्न सकिन्छ । यस्तै उनले टिजरको अन्त्यमा दयाले आफ्ना बाबुलाई आफूले चौधरी ग्रुपले मासिक ४ लाखको जागिर प्रस्ताव लत्याएको भनेर भनेको दृश्यसमेत समावेश गरिएको छ । 

    बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।

    यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । फिल्म सोही नामको नाटकमा आधारित रहेको छ। 

    बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस्ले तथा सुस्मा फिल्मस्सँग मिलेर फिल्मको निर्माण गरेको हो । फिल्म दयाहाङका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ ।

    फिल्ममा नेमिश श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । फिल्म दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका हुन् ।

     

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend