Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्रिय रनिङशिल्ड दोहोरी गीत प्रतियोगितामा दिलीप र बिमा उत्कृष्ट


१०, फागुन २०८०
  • 257
    SHARES
  • राष्ट्रिय रनिङशिल्ड दोहोरी गीत प्रतियोगितामा दिलीप र बिमा उत्कृष्ट

    काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा धादिङको चरौंदीमा आयोजित ‘इन्द्रेणी ७ औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०’मा दिलीप थापा मगर र बिमा अनुरागी उत्कृष्ट भएका छन् । 

    प्रतिष्ठानको उपत्यका समन्वय समिति अन्तर्गतको बानेश्वर–कोटेश्वर समितिको तर्फबाट दिलीप र बिमा सहभागी थिए । विजेता दिलीप र बिमाले तीन लाख नगद राशिसहित शिल्ड प्राप्त गरे ।

    त्यस्तै कोरिया शाखाको तर्फबाट प्रतिस्पर्धी तारा थापा र टेकराज भण्डारी दोस्रो र जापान शाखाको तर्फबाट प्रतिस्पर्धी निशान विश्वकर्मा र सपना रोका तेस्रो भए । दुवैले क्रममा दुई लाख र एक लाख नगद जिते ।

    प्रतियोगितामा नामनगर समितिको तर्फबाट प्रतिस्पर्धी विजय बानियाँ र सबिता परियारले ५० हजार नगदसहित सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

    ४८ समुहमध्ये जुम्ला शाखाको तर्फबाट सहभागी गीता सेजुवाल उत्कृष्ट नव गायिका बन्न सफल भइन् भने पाल्पा शाखाको तर्फबाट सहभागी रबिन नेपाली उत्कृष्ट नव गायकको पुरस्कार चुम्न सफल भए । 

    त्यसैगरी बसपार्क समिति रातोको तर्फबाट प्रतिस्पर्धी जमुना बिक उत्कृष्ट प्रतिभावान् गायिका बन्न सफल भइन् ।त्यस्तै बसपार्क समिति सेतोको तर्फबाट सहभागी रत्न श्रेष्ठ र बागमती प्रदेशबाट सहभागी आशा केसीले उत्कृष्ट भेषभुषाको पुरस्कार चुम्न सफल भए ।

    लुम्बिनीको तर्फबाट सहभागी लक्ष्मी बस्नेत उत्कृष्ट सृजनशील गायिका बन्न सफल भइन् भने उपत्यका समन्वय समितिको तर्फबाट सहभागी शर्मिला श्रेष्ठ र काठमाडौँ जिल्लाका अनिल सुनार उत्कृष्ट अनुशासित गायिका र गायकको पुरस्कार चुम्न सफल भए । सबै नगद १५ हजार पुरस्कारको रूपमा प्राप्त गरे ।

    त्यस्तै बागलुङ जिल्लाशाखाको तर्फबाट सहभागी सुमन खड्का र सुनधारा समितिको तर्फबाट सहभागी तिर्सना बुढा क्षेत्री उत्कृष्ट गायक गायिकाको पुरस्कार चुम्न सफल भए । उनीहरुले २५ हजार नगदराशि सहितको पुरस्कार प्राप्त गरेका थिए ।

    धादिङ जिल्लाको रोराङ–बेनीघाट गाउँपालिका वडा नं. ७ स्थित चरौंदीको मैदानमा आयोजित ‘इन्द्रेणी ७ औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता –२०८०’ फागुन ५ मा प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा उद्घाटन भएको थियो भने समापनमा नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँती सहभागी थिए ।प्रतिस्पर्धामा लोकदोहोरीको रौनकतामा रमाउने दर्शकहरूको बाक्लो घुइँचो नै लागेको थियो ।

     

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend