देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिंहदरबारमा भेटेर निमन्त्रणा दिनुभएको छ । प्रदेशसभाका सचिव दुर्लभ पुन मगरका अनुसार हिउँदे अधिवेशन फागुन १८ बाट सुरु हुने भएको छ ।
पहिलो दिनको बैठकमा प्रदेशसभामा रहेका सबै दलका नेताहरुले हिउँदे अधिवेशनको शुभकामना दिनुहुने कार्यक्रम रहेको छ । १९ गते हुने प्रदेशसभाको बैठकलाई प्रधानमन्त्री दाहाले सम्बोधन गर्ने कार्यक्रम रहेको सभामुख तुलाराम घर्ती मगरले बताउनुभयो ।