Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अधिकृत शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर, लाखौँ जरिवानासहित चार वर्ष कैद


१३, फागुन २०८०
  • 203
    SHARES
  • अधिकृत शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर, लाखौँ जरिवानासहित चार वर्ष कैद

    काठमाडौँ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालत, काठमाडौँले दोषी ठहर गर्दै कैद तथा जरिवाना तोकेको हो।

    प्रतिष्ठानको हाताभित्र व्यवसाय गरिरहेका व्यवसायीहरूसँग आफ्नो अधिकार नै नभएको अवस्थामा पनि बिजुलीको महसुल संकलन गरी हिनामिना गरेको अभियोगमा तेजनारायण शाहलाई दोषी ठहर गरिएका अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले साहलाई चार वर्ष कैद गरेको प्रवक्ता कार्कीले बताए।

    इलेक्ट्रिक इन्जिनियरिङ शाखामा कार्यरत अधिकृत साहले प्रतिष्ठानको हातामा सञ्चालनमा रहेका व्यवसायीहरूबाट विद्युत् महसुलबापतको ३३ लाख २० हजार २२६ रुपैयाँ उठाएर आफ्नो खातामा हालेका थिए।

    विपी प्रतिष्ठानकै खातामा जम्मा गर्नुपर्ने रकमलाई साहले हिनामिना गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ २५ गते विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो। उनलाई बिगो बराबर जरिवानासमेत भएको प्रवक्ता कार्कीले बताए।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend